Prakash Adhikari February 4, 2022

 

बेइजिड.(चीन), २१ माघ । एक भव्य समारोहबीच बेइजिङ ओलम्पिक शुक्रबार साँझ सुरु भएको छ।

२४ औँ शीतकालीन ओलम्पिकको चीनका राष्ट्रपति सी जिनफिङले स्थानीय समयअनुसार शुक्रबार राति ८ बजे औपचारिक उद्घाटन गर्नुभएको थियो।

शुक्रबार साँझदेखि सुरु भएको शीतकालीन ओलम्पिकलाई चीनले आफ्नो वैभव प्रदर्शन गर्ने माध्यम पनि बनाएको छ।

हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह अहिले बेइजिड.स्थित ‘बर्ड नेस्ट’मा स्टेडियममा भइरहेको छ। यो स्टेडियममा पहिले गृष्मकालीन ओलम्पिक पनि भएको थियो ।

यो ओलम्पिकको उद्घाटन समारोहमा विश्वभरका ९७ मुलुकको प्रत्यक्ष उपस्थिति छ। उद्घाटन समारोहमा रसियन राष्ट्रपति भ्लादिमिर पुटिन पनि पुग्नुभएको छ।

अमेरिका र भारतसँगको राजनीतिक तनावबीच चीनले शीतकालीन ओलम्पिकलाई भव्य बनाउन कुनै कसर बाँकी राखेको छैन।

चीनले शीतकालीन ओलम्पिकलाई लिएर राजनीति गरेको आरोप भारत र अमेरिकाले लगाएका छन्। त्यहीकारण ओलम्पिकको उद्घाटन र समापन समारोहमा भारतीय प्रतिनिधिहरु सहभागी नहुने भएका छन्।

यसपटकको शीतकालीन ओलम्पिकमा नेपालबाट कुनै खेलाडी सहभागी भएका छैनन्। भारतका एकमात्र खेलाडी सामेल छन्।

可能是包含下列内容的图片:屏幕

没有照片描述。没有照片描述。没有照片描述。

Share Now

Leave a comment.