Prakash Adhikari February 9, 2022

 

सानोथिमि(भक्तपुर), २६ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ।

परीक्षा तालिका बिहीबारको गोरखापत्र दैनिक र बोर्डको वेबसाइटमा सार्वजनिक हुने छ। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसअघि नै परीक्षा तोकिएको अध्यक्ष शर्माले बताउनुभयो ।

दुई वर्ष कोरोना महामारीका कारण हुन नसकेको एसईई यस पटक हुन लागेको हो ।

Share Now

Leave a comment.