Prakash Adhikari February 11, 2022

काठमाडौं, २८ माघ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ ।

काग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबार सो निर्णय गरेको हो ।

मधेश प्रदेशका आठ र बाँकी रहेका अन्य आठ जिल्लाहरुमा जिल्ला अधिवेशन गर्न बाँकी छ ।

यससँगै छिटफुट रुपमा बाँकी रहेका वडा, पालिका तहका अधिवेशन भने फागुन १० गतेभित्र गर्ने निर्णय भएको काँग्रेस सनर्विाचन सिमतिका संयोजक गोपालकृष्ण घिमिरेले बताउनुभयो ।

‘फागुन १३ मा प्रथम चरणको निर्वाचन छ । प्रथम चरणमा सभापतिको ५० प्रतिशतभन्दा बढी प्राप्त हुन सकेन भने दोस्रो चरणको निर्वाचन फागुन १४ गते नै हुन्छ ।’ र फागुन १५ गतेसम्म महासमिति सदस्यको निर्वाचनसहित १४ औं महाधिवेशनबाट बाँकी रहेका अन्य अधिवेशन सम्पन्न हुने उहाँको भनाई छ ।

यस विषयमा काँग्रेसको शुक्रबार बसेको केन्द्य्रीय कार्यसम्पादन समितिलाई पनि जानकारी गराइएको उहाँले बताउनुभएको छ ।

भातृ संगठनको विधान पेश

सत्तारुढ दल नेपाली काँग्रेसको बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादनको बैठकमा भातृ संगठनको विधानका विषयमा छलफल भएको छ ।
शुक्रबारको बैठकमा काँग्रेसको संघीय संरचना अनुरुपको भातृ संगठनको विधान काँग्रेस नेता एनपी साउदले प्रस्तुत गर्नुभएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

‘संघीय संरचना अनुरुपको विधान प्रस्तुत भएको छ । भोलि शनिबार सबैले सो विधान पढ्नुहुनेछ र पर्सीको बैठकले विधान पारित गर्नेछ ।’, प्रवक्ता डा. महतले भन्नुभयो ।

यससँगै बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा छलफल भएको छ ।

‘एमसीसीबारे पहिले जस्तै सहमति छ । यो प्रक्रिया अगाडि बढाउने कुरा हामीले नै अघि बढाएको हो । एमसीसीबारे अन्यौल राख्न नहुने दृष्टिकोण हो ।’, प्रवक्ता डा.महतले भन्नुभयो।

उहाँले द्धन्द्धोत्तर समयमा नेपालको पुनर्निर्माण र नवनिर्माणलाई गति दिंन नेपालले दातृ निकाय र मुलुकसंग सहयोग माग गरेको स्मरण गराउदै भन्नुभयो, डा.बाबुराम भट्टराईको सरकारको बेलादेखि नेपालले एमसीसीमा छनोट हुने प्रक्रियामा प्रवेश गरेको हो र यसमा त्यसपछिका सबै सरकार ( सुशील कोइराला, के.पी शर्मा ओली, पुष्कमल दाहाल प्रचण्ड,शेरबहादुर देउवा)को प्रतिबद्धता रहदै आएको छ ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो २ बजे पुनस् बस्ने जनाइएको छ ।

 

Share Now

Leave a comment.