Prakash Adhikari February 13, 2022

 

काठमाडौँ , १ फागुन । सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता गरेको महाभियोगको आरोपहरु र हस्ताक्षरकारी सांसदहरुको नामावली सार्वजनिक भएको छ ।

सत्तारुढ गठबन्धनका तीन ठूला दलहरु नेपाली कांग्रेस,नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानन्यायाधीश राणाविरुद्ध २१ बुँदे अभियोग प्रस्ताव दर्ता गराएका छन् ।

 

अभियोगपत्रको प्रस्तावकमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठको हस्ताक्षर रहेको छ भने समर्थकमा प्रतिनिधिसभाका ९५ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।

 

सांसदहरूले प्रधानन्यायाधीशविरुद्ध लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश असक्षम रहेको आरोप लगाएका छन् ।

त्यस्तै, महाभियोग प्रस्तावमा प्रधानन्यायाधीशले सर्वोच्च अदालत र न्यायालयभित्रै निजको कार्यकालमा अतिशय विकृति र विसंगति तथा भ्रष्टाचार तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाइएको छ ।

 

Share Now

Leave a comment.