किएभ(युक्रेन), १० फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका डोनेट्स्क र लुह्यान्सकलाइ स्वतन्त्र राज्यको मान्यता दिंदै आफू समर्थित पृथकतावादीको नियन्त्रण रहेको ती क्षेत्रमा शान्ति स्थापनाको नाममा रुसी सेनालाई प्रवेश आदेश दिएपछि त्यहा रहेका नेपालीहरु त्रसित भएको जनाइएको छ ।
युक्रेनमा सङ्कट गहिरिएसँगै नेपालको परराष्ट्र मन्त्रालयले उक्त देशमा रहेका नेपाली नागरिकहरूको ूविवरण लिन थालिएको र घटनालाई नजिकबाट नियालिरहेकोू जनाएको छ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बीबीसीसँग भन्नुभएको छ, “यसको बारेमा हामी जानकार छौँ। घटनालाई हामीले नजिकबाट नियालिरहेका छौँ।”
यस्तो अवस्थामा युक्रेनमा जुनसुकै बेला ठूलो युद्ध हुनसक्ने भन्दै त्यहाँ रहेका नेपाली नागरिकहरू त्रसित अवस्थामा बसेको युक्रेनस्थित नेपाली विद्यार्थीले बताएका छन्।
बेलायत भन्छ, रुसी आक्रमण सुरुभइसक्यो
युक्रेनमा रुसी आक्रमण सुरु भइसकेको भन्दै यूकेले रुसमाथि प्रतिबन्ध लगाउने स्वास्थ्यमन्त्री सजिद जावेदले बताउनुभएको छ।
सरकारका विभिन्न निकायहरूको सहभागिता हुने आपत्कालीन ुकोब्राु बैठकपछि जावेदले स्काई न्यूजसँग भन्नुभयो “तपाईँले युक्रेनमा आक्रमण सुरु भइसक्यो भन्ने निष्कर्ष निकाल्दा हुन्छ।”
उहाँले रुसले युक्रेनमा आफ्ना ट्याङ्क पठाएको दाबी गर्नुभयो।
टेन डाउनिङ स्ट्रीटमा भएको सो बैठकमा प्रधानमन्त्री बोरिस जोनसनले वरिष्ठ सुरक्षा अधिकारीहरू, विदेशमन्त्री, रक्षामन्त्री लगायतसँग रुसी कदमको समीक्षा गर्नुभएको थियो।
बैठकअघि प्रधानमन्त्रीका प्रवक्ताले बताएअनुसार आज अबेरसम्ममा ुउल्लेख्य सङ्ख्यामा प्रतिबन्धु घोषणा हुनसक्नेछ।
अर्का एक मन्त्रीका अनुसार जोनसनले आज संसद्मा बोल्नुहुनेछ ।


















