Prakash Adhikari February 24, 2022

 

मस्को(रुस), १२ फागुन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गर्नुभएको छ।

जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ पछिल्लो घोषणा गर्नुभएकोे हो।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताउनुभएको थियो।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै २,००,००० सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताउनुभको थियो ।

Russian armour in Crimea, 19 Mar 21

राष्ट्रसङ्घको आह्वान
बिहीवार बिहानको सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार बिसाउन र घर फर्कन आग्रह पनि गरेका छन्।

बीबीसीका पूर्वी युरोप संवाददाताका अनुसार डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन्।

 

युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीको पुकार

भोलोदीमिर जेलेन्स्की
यस पहिले नै युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना अनुमोदन गरेको बताउनुभएको थियो।

वार्ताका लागि आफूले गरेको पहल बारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जवाफ नदिएको उहाँको गुनासो थियो।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै २,००,००० सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताउनुभयो।

अबेर रात गरिएको टेलिभिजन सम्बोधनका क्रममा युक्रेनी राष्ट्रपतिले उनीहरूकै भाषामा रुसका जनतालाई समेत सम्बोधन गनुभयो।

उहाँले भन्नुभयो , “हामीलाई सुन्नुहोस्। युक्रेनका मानिसहरू शान्ति चाहन्छन्। युक्रेनका निकायहरू शान्ति चाहन्छन्।”

लुह्यान्सक र डोनेट्स्कका रुस समर्थक पृथक्तावादीहरूले युक्रेनी सेनाको आक्रामक व्यवहारसँग जुझ्नका लागि सैन्य सहायता मागेको क्रेमलिनले जनाएको छ।

रुस युक्रेन सङ्कट

रुस युक्रेन सङ्कट

उहाँले उक्त विवरणबारे छलफल गर्नका लागि राष्ट्रसंघिय सुरक्षा परिषद्को तत्काल बैठक बोलाउन युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले माग गरेको बताउनुभयो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको भोलिपल्ट युक्रेनले सङ्कटकालको घोषणा गरेको छ।

युक्रेनले आफ्ना नागरिकहरूलाई रुस छाड्न आह्वान पनि गरेको छ। रुसी राष्ट्रपति पुटिनले भने टेलिभिजन सम्बोधनमा रुस र रुसी जनताको सुरक्षामा कुनै सम्झौता नहुने बताउनुभएको थियो ।

बुधवार पुटिनले रुसबाहिर सैन्य बल प्रयोग गर्न सांसदहरूसँग अनुमति मागेको जानकारी आएको थियो।

राष्ट्रपति पुटिनको आफ्ना सैनिकले त्यहाँ ‘शान्ति कायम राख्ने’ बताए पनि पश्चिमा विश्वले त्यसलाई बकवास बनेको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति कायम राख्ने विषयको विकृत धारणाले आफू चिन्तित बनेको बताउनुभएको छ।

पृष्ठभूमि
रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायःद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झन्डै आठ वर्षपछि तनाव पुनः चर्केको हो।

मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ।

त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गरेका छन्।

सैन्य हस्तक्षेत्र आदेश दिनुअगाडि पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको बताउनुभएको थियो।

युक्रेनमा रुसी आक्रमणको निरन्तरको चिन्ताबीच केही साताअघि युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको थियो।

विश्वका सबैभन्दा ठूला आणविक हतियार भएका रुस र अमेरिका बीचको शीतयुद्धकालदेखि द्वन्द्व रहेको छ।

युक्रेन कम्युनिस्ट सोभियत सङ्घको महत्त्वपूर्ण हिस्सा रहेको थियो।

 

 

Share Now

Leave a comment.