Prakash Adhikari March 11, 2018

काठमाडौं, २७ फागुन । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलेआजदेखि  १६० हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी बढाउन ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले साविकका सेयरधनीलाई १६० प्रतिशत (अर्थात १ बराबर १.६० को अनुपातमा) मा हकप्रद सेयर बिक्रीमा ल्याएको हो । हकप्रद सेयर प्रयोजनका लागि प्राइमले गत फागुन १७ गते विहीबार सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुसार फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

प्राइमको हकप्रदमा फागुन २७ गतेदेखि बैशाख २ गते सम्म आवेदन गर्न सकिने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ ।

इन्स्यारेन्सले हाल कायम पूँजीको ३२.५ प्रतिशत र १६० हकप्रदले समेत पाउने गरि समायोजित बोनसदर १२.५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरिसकेको छ । हकप्रद बिक्री र बोनस सेयर पूँजीकरण पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसअवधिमा प्राइफको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ , मूल्य आम्दानी अनुपात ४५ रुपैयाँ ८२ पैसा, प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा तथा प्रतिशेयर कुल सम्पत्तीको मूल्य १३१४ रुपैयाँ छ ।

अहिले दोस्रो बजारमा कम्पनीको सेयरमूल्य ६५० रुपैयाँ रहेको छ ।

Share Now

Leave a comment.