Prakash Adhikari March 11, 2018

 

धनगढी(कैलाली), २७ फागुन । कैलालीमा बोक्सीको आरोपमा कुटिएकी एक युवतीको परिवारले शनिवार धनगढीस्थित जिल्ला प्रहरी कार्यालयमा पीडकविरुद्ध उजुरी दिएको अधिकारीहरुले जनाएका छन्।

घोडाघोडी नगरपालिकाकी ती १८ वर्षिया युवतीमाथि भएको कुटपिटमा संलग्न रहेको अभियोगमा रामबहादुर चौधरीलाई प्रहरीले शुक्रवार पक्राउ गरिसकेको छ।

ती किशोरी अहिले उपचारका लागि धनगढीमा छिन् र उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।

कारबाही

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विनोद घिमिरेका अनुसार उक्त घटनामा आइतवारबाट कानुनी कारबाही अगाडि बढ्नेछ।

यसअघि इलाका प्रहरी कार्यालय सुखडले उक्त घटनामा उजुरी दर्ता गर्न मानेका थिएन।

युवतीलाई लगातार पाँच घण्टासम्म कुटपिट र लछारपछार गरिएको थियो।

तर स्थानीय बासिन्दाले ुरमितेु बनेर बसेको पीडित परिवारले बताएका छन्।

Share Now

Leave a comment.