Prakash Adhikari March 11, 2018

बुटबल(रुपन्देही),२७ फागुन ।प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज संसदमा विश्वासको मत लिने भएका छन् ।

पोखरेलले मुख्यमन्त्रीमा नियुक्त भएको २४ औँं दिनमा प्रदेश सभाको चौथो बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ ।

मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभामा निर्वाचित ८७ मतमध्ये एमालेका ४१ र माओवादीका २० सदस्य छन् ।

५ मत रहेको संघीय समाजवादी फोरम र एउटा मात्रै मत रहेको राष्ट्रिय जनमोर्चाले समेत समर्थन गर्ने बताएको छ ।

्तीन दलको समर्थनमा उनले दुई तिहाइ समर्थन प्राप्त गर्ने अवस्था छ ।

पोखरेल गत फागुन ३ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Share Now

Leave a comment.