Prakash Adhikari March 11, 2018

,काठमाडौं, २७ फागुन । सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले सभामुख पदको शपथग्रहण गरेका हुन्।

उनी शनिबार संसद्बाट निर्विरोध निर्वाचित भएका थिए।

शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली सहभागी थिए।

सभामुख महराले आजै पदभार ग्रहण गरी आज अपरान्ह हुने प्रतिनिधि सभाको बैठकको अध्यक्षता तथा सञ्चालन गर्नेछन् ।

प्रतिनिधिसभामा आज ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावमाथि छलफल गरी मतदान गर्ने कार्यक्रम रहेको छ ।

Share Now

Leave a comment.