Prakash Adhikari March 11, 2018

काठमाडौं, २७ फागुन । कैलाली जिल्ला कारागारमा आमरण अनशनमा रहेका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई उपचारको लागि काठमाडौंको बीर अस्पतालमा भर्ना गरिएको छ ।

धनगढीस्थित सेती अञ्चलले उनलाई काठमाडौंका सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्न रेफर गरेको थियो । हाल उनको वीर अस्पतालको क्याबिनमा राखेर उपचार गरिएको छ।

मधेश आन्दोलनको बेला कैलालीमा भएको सुरक्षाकर्मी माथिका आक्रमणको आरोप लागेर फरार रहेका चौधरीले प्रतिनिधिसभाको निर्वाचन जितेपछि उनलाई वारेशमार्फत प्रमाणपत्र दिइएन र उनले आफूलाई कैलाली जिल्ला अदालतमा समर्पण गरेका थिए । त्यसपछि कारागारमा चलान भएका उनले त्यही अनशन बसेका थिए ।

अनसनमा रहदा उनको स्वास्थ्य अवस्था विग्रन गएकोले उनलाई उपचारका लागि काठमाडौं ल्याइएको हो । चौधरीलाई अस्पतालमा भेट्न उनको सुभचिन्तकहरुको भिड लागेको छ।

 

Share Now

Leave a comment.