Prakash Adhikari March 2, 2022

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनबीच टेलिफोन संवाद भएको छ।

ब्लिङ्कनले एउटा ट्वीटमार्फत्‌ त्यसबारे जानकारी गराउनुभएको छ।

रुसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौमिकता, भौगोलिक अखण्डताका विषयमा दुई देशले गरेको समर्थनबारे कुराकानी भएको ब्लिङ्कनले उल्लेख गर्नुभएको छ।

ट्वीटमा ब्लिङ्कनले आर्थिक विकास र क्षेत्रीय चुनौतीसम्बन्धी विषयमा मिलेर काम गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।(बीबीसी)

Share Now

Leave a comment.