किएभ(युक्रेन), १८ फागुन(बीबीसी) । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेका विवरणहरू आएका छन्।
साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहारेका छन्।
त्यसैगरी घाइतेहरूको उद्धारमा सघाउन पनि उनले अपिल गरेका छन्।
स्थानीय परिषद्का एक सदस्यले आक्रमणमा परी दुई सयभन्दा बढी व्यक्ति मारिएको र तीमध्ये धेरै सर्वसाधारण रहेको बीबीसीलाई बताएका छन्।
किएभमा टेलिभिजन टावरमाथि आक्रमण
रुसी फौजले किएभ टेलिभिजन टावरमाथि हमला गर्दा पाँचजना मारिएको युक्रेनको आपत्कालीन सेवासम्बन्धी निकायले जनाएको छ।
रुसले युक्रेनमा अब ुलक्षित हमलाु गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहार गरिएको हो।
बीबीसी मोनिटरिङलाई थाहा भएअनुसार रुसी क्षेप्यास्त्र हमलामा अरू पाँचजना घाइते भएका छन्।
आक्रमणपछि टेलिभिजनका केही प्रसारण रोकिन पुगेको विवरणमा जनाइएको छ।
Russian troops fired on the TV tower, near the Memorial complex #BabynYar.
Russian criminals do not stop at anything in their barbarism. Russia = barbarian. pic.twitter.com/MMJ6wSfpsS
— MFA of Ukraine 🇺🇦 (@MFA_Ukraine) March 1, 2022
आक्रमणबाट टेलिभिजन टावरनजिकै रहेको यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत क्षति पुगेको छ।
ठूलो विस्फोट भएको र टावरबाट धुवाँको मुस्लो निस्किरहेको भिडिओ फुटेजमा देखिन्छ।
आक्रमणले टेलिभिजन टावरलाई नै निशाना बनाएको वा नबनाएको विषयमा स्पष्ट हुन सकेको छैन।
आक्रमणपश्चात् पनि ३ सय ८० मिटर अग्लो टावर ठडिइरहेकै अवस्थामा छ।
हमलापछि सामाजिक सञ्जाल ट्विटरमार्फत् प्रतिक्रिया जनाउँदै युक्रेनी विदेश मन्त्रालयले ूरुसी अपराधीहरू आफ्नो बर्बरता देखाउन कतै पनि नरोकिने गरेकोू जनाएको छ।
यसअघि युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले रुसले सञ्चार सेवामा अवरोध उत्पन्न गराउने र युद्धमा युक्रेनको तर्फबाट आत्मसमर्पण गरिएको भन्ने मिथ्या खबर फैलाउने योजना बनाइरहेको बताएका थिए।
Five people die after Russia attacks TV tower in Kyiv, Ukrainian officials say
A nearby memorial which commemorates Holocaust victims of Babyn Yar was also damagedhttps://t.co/c7PGtgMLPl pic.twitter.com/y2ODM5LhGD
— BBC News (World) (@BBCWorld) March 2, 2022
यसैबीच युक्रेनी किएभस्थित एउटा गोप्य बङ्करबाट पश्चिमा सञ्चारमाध्यमसँग कुरा गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै बलियो भएर लड्ने बताएको छ ।
यद्यपि रुसविरुद्ध जारी लडाइँको सामना गर्न युक्रेन एक्लैलाई गाह्रो हुने उहाँले उल्लेख गर्नुभएको छ।
रुसी अतिक्रमणविरुद्ध उभिएपछि देशभित्र एक नायकका रूपमा उदाएका राष्ट्रपति जेलेन्स्कीले लडाइँ रोकिए मात्रै युद्धविराम सम्बन्धी वार्ता गम्भीर हुनसक्ने सीएनएन र समाचार संस्था रोयटर्ससँग भन्नुभएको छ।
बेलारुसले सीमामा सैन्य उपस्थिति दोबर पार्ने
बेलारुसका राष्ट्रपतिले युक्रेनसँग जोडिएको आफ्नो दक्षिणी सीमामा सैन्य उपस्थिति दोबर पार्ने बताउनुभएको छ।
सीमामा रहेका पाँचवटा रणनीतिक बटालियन आगामी दुई दिनमा दशसम्म पुग्ने राष्ट्रपति एलेक्सेन्डर लुकासेन्कोले घोषणा गर्नुभएको छ ।
“यी उच्च प्रशिक्षित जुनसुकै स्थानमा सहजै परिचालित हुनसक्ने समूह हुन् जो बेलारुसलाई उत्तेजित पार्ने र कुनै पनि किसिमको सैन्य कारबाही रोक्न तयार छन्”, उहाँले आफ्नो देशको सुरक्षा परिषद्लाई भन्नुभएको छ।
एलेक्सेन्डर लुकासेन्को


















