Prakash Adhikari March 11, 2018

 

काठमाडौं,२७ फागुन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आईतबार विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलले विश्वासको मतको प्रस्ताव राखेका थिए ।

उनको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धि र राजधानीका विषयमा चर्चा गर्दै विश्वसको मत मागेका थिए ।

संसद बैठकमा उनले चिनीयाँ रेल लुम्बिनी ल्याउने संघीय सरकारको निर्णयलाई कार्यान्वयन गर्न सहयोग गर्ने बताए ।

पूर्ब(पश्चिम रेलको डीपीआर तयार गरी निर्माणको काम प्रदेशभर एकसाथ गर्न उनले रामग्रामदेखि तिलौराकोटसम्म मोनोरेल चलाउने बारेमा पनि चर्चा गरे ।

यस्तै बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सबैलाई पायक पर्ने ठाउँमा राजधानी बनाउने बताएका छन् ।

मख्यमन्त्री पोखरेलले भौतिक संरचनाको निर्माण र कानुनी आधार तयार पारेर प्रदेशको कामलाई सुचारु गरिने बताए।

उनले आर्थिक विधेयक पास भएपछि बजेटको काम सुरु गर्ने बताए ।

पहाडका ६ र तराईका ६ जिल्ला गरी १२ जिल्ला रहेको प्रदेश ५ का सबै जिल्लाको मानव विकास सूचकांक समानस्थितिमा पुर्‍याइने
दावी गरे ।

Share Now

Leave a comment.