Prakash Adhikari March 27, 2022

 

काठमाडौं, १३ चैत । साताको पहिलो कारोबार दिन नेपालको शेयर बजार ओरालो लागेको छ ।

यस दिन नेपाल धितोपत्र परिसूचक ४१.४३ अङ्कले घटेर २५७२.२३ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आज बजार १.५९ प्रतिशतले घटेको हो।

आज २ सय ३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रुपैयाको कारोबार भएको छ।

आज नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकृत भएका १३ उपसमूह मध्ये निर्जीवन बीमाबाहेक सबै उपसमूहका शेयर मूल्यमा गिरावट आएको छ ।

Sub-Indices Current Points Change %Change
Banking 1,659.18 21.02 1.25
Trading 2,467.11 55.82 2.21
Hotels And Tourism 3,071.20 66.42 2.12
Development Bank 4,445.95 142.98 3.12
HydroPower 2,993.52 76.24 2.48
Finance 2,082.31 62.25 2.9
Non Life Insurance 12,421.33 132.77 1.08
Manu.& Pro. 5,986.67 147.6 2.41
Others 2,065.47 82.84 3.86
Microfinance 5,040.24 39.71 0.78
Life Insurance 14,805.80 98.61 0.66
Mutual Fund 15.61 0.13 0.8
Investment 85.55 1.36 1.57

नेप्सेले सार्वजनिक गरेको विवरण अनुसार निर्जीवन बीमा उपसमूह १३३.३५ अङ्कले बढ्दा, बैंकिङ २१.०२, व्यापार ५५.८२ होटल तथा पर्यटन ६६.४२, विकास बैंक १४५.६८, जलविद्युत् ७६.०६, वित्त ६२.२५, उत्पादन १४५.७९, अन्य ९३.६५, लघुवित्त ३९.७१, जीवन बीमा ९८.६१, सामूहिक लगानी कोष ०.१३ र लगानी १.३७ अङ्कले ओरालो लागेका छन्।

आजको कारोबारमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ। इमर्जिङ नेपाल लिमिटेडको ९.९९, राष्ट्रउत्थान लघुवित्त संस्था ९.९९, सानिमा जनरल इन्सुरेन्स ९.६७ र जनरल इन्सुरेन्स कम्पनीको शेयरमूल्य ९.६५ प्रतिशतले बढेको छ।

त्यस्तै प्रभु लाईफ इन्स्योरेन्सको ८.११,सानिमा लाईफ इन्स्योरेन्सको ४.५६, प्रिमियर इन्स्योरेन्स कम्पनीको ४.४२, अजोड इन्स्योरेन्सको ३.८६ र सिद्धार्थ इन्स्योरेन्सको शेयर मूल्य ३.२७ प्रतिशतले बढेको थियो ।

Top Gainers

Symbol LTP % Change
As of 2022-03-27 15:00:00
JBLB 3,300.00 10.00
RULB 901.40 9.99
ENL 836.70 9.99
SGI 658.00 9.67
GIC 658.00 9.65
PLI 640.00 8.11
SLI 619.00 4.56
PIC 945.00 4.42
AIL 726.00 3.86
SIL 1,043.00 3.27
View All

उता मल्टीपर्पस फाइनान्स कम्पनीको शेयर मूल्य भने ५.५ प्रतिशले घटेको छ। यस्तै नारायणी डेभलपमेण्ट बैंक ५.२५, नेरुडे लघुवित्त वित्तीय संस्था ४.८६, मञ्जुश्री फाइनान्स ४.८१ र युनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य ४.६८ प्रतिशतले घटको छ ।

यस दिन एक्सेल विकास बैंक ४.६६, शिवश्री हाइड्रोपावर ४.६३,कर्पोेरेट विकास बैंकको ४.४६,सांग्रिला विकास बैंकको ४.३८ र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ४.२२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Top Losers

Symbol LTP % Change
As of 2022-03-27 15:00:00
MPFL 378.00 -5.50
NABBC 505.00 -5.25
NLBBL 1,046.50 -4.86
MFIL 599.90 -4.81
UMHL 346.00 -4.68
EDBL 450.00 -4.66
SSHL 350.00 -4.63
CORBL 514.00 -4.46
SADBL 394.90 -4.38
NLICL 862.10 -4.22
View All

कारोबारको हिसावमा यस दिन अपि पावरको २७ करोड ५६ लाख ७४ हजार ३ सय ९३ रुपैया ५० पैसा, गुँरास लाइफ इन्सुरेन्सको १७ करोड ५१ लाख २ हजार ८ सय ६०, एभरेष्ट इन्सुरेन्स कम्पनीको १६ करोड ३१ लाख ४७ हजार ६७, सूर्य लाइफ इन्सुरेन्स कम्पनीको १६ करोड २९ लाख २२ हजार ७ सय २८ र प्रभु इन्सुरेन्स कम्पनीको संस्थापक शेयर रु १५ करोड ३३ लाख ४० हजार बराबरको कारोबार भएको छ ।

यस दिन लाईफ इन्स्योरेन्स कर्पोरेशन अफ नेपालको १५ करोड ५ लाख ९४ हजार ४ सय ६२ रुपैया १० पैसा, यूनियन लाईफ इन्स्योरेन्सको १२ करोड ७८ लाख २२ हजार ६ सय २९ रुपैया ७० पैसाको, शिखर इन्स्योरेन्सको १२ करोड ७३ लाख ३५ हजार ६ सय ५८ रुपैयाको,सानिमा लाईफ इन्स्योरेन्सको ११ करोड ९० लाख ५२ हजार १ सय १३ रुपैया ९० पैसाको, रिलायन्स लाइफ इन्स्योरेन्सको ११ करोड ६२ लाख ५६ हजार ८ सय १३ रुपैया ७० पैसाको कारोबार भएको छ ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-03-27 15:00:00
API 275,674,393.50 466.90
GLICL 175,102,860.40 668.00
EIC 163,147,067.00 664.90
SLICL 162,922,728.60 739.00
PRINPO 153,340,000.00 451.00
LICN 150,594,462.10 2,137.00
ULI 127,822,629.70 690.00
SIL 127,335,658.00 1,043.00
SLI 119,052,113.90 619.00
RLI 116,256,813.70 583.10

 

Share Now

Leave a comment.