Prakash Adhikari March 31, 2022

 

कीर्तिपुर(काठमाडौं), १७ चैत्र । त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दै छ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजेबाट सुरु हुनेछ।

यही श्रृखला अन्तरगतको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो।

श्रृखला अन्तरगत हिजो मलेशियासंग भएको खेलमा पनि नेपालले विजय निकालिसकेको छ । हिजोको खेलमा मलेसिया ६ विकेटले पराजित भएको थियो ।

एकदिवसीय श्रृंखलामा नेपाललाई दुवै खेलमा हराएको पीएनजी टी २० श्रृखंलामा भने लगातार दुई खेलमा पराजित भइसकेको छ ।

आजको खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएमा एक खेल अगावै नेपालले फाइनलमा स्थान पक्का गर्नेछ । पीएनजीका लागि भने फाइनल सम्भावना कायम राख्न नेपाल विरुद्धको खेलको जितले मात्र पुग्दैन मलेसियाविरुद्धको बाँकी खेल पनि जित्नुपर्दछ ।

बुधबार मलेसियालाई हराएपछि नेपालका कप्तान सन्दीप लामिछानेले टिमको लक्ष्य सबै खेल जितेर फाइनल पुग्ने र श्रृंखला नै जित्ने रहेको बताएका थिए । नेपाल पपुवा न्युगिनीसंगको आजको खेलमात्र हैन, मलेशियासंगको दोस्रो खेल पनि जित्ने तयारीमा छ ।

नेपालो ५०औं टी २० अन्तर्राष्ट्रिय

नेपालको लागि आज हुने पपुवा न्युगिनीसंगको खेलको विशेष महत्व रहेको छ । यो खेल नेपालको टी २० अन्तर्राष्ट्रियको ५० औं खेल हो ।

सन् २०१४ मा बंगलादेशमा आयोजित आईसीसी टी २० विश्वकप क्रिकेटमार्फत नेपालले टी २० अन्तर्राष्ट्रिय खेलमा कदम राखेको थियो । चटगाउँमा हंगकंगसग खेलेको त्यो डेब्यु खेल नेपालले शानदार ढंगले ८० रनको अन्तरले जितेको पनि थियो । विश्वकप भएकाले नेपालले पहिलो चरणमा त्यहाँ खेलेका तीनवटै खेलले टी २० मान्यता पाएको थियो ।

 

बंगलादेशबाट सुरु भएको टी २० अन्तर्राष्ट्रिय यात्राको स्वर्ण खेल नेपालले आफ्नै घरेलु मैदानमा खेल्न पाएको छ ।

नेपालले अहिलेसम्म खेलेका ४९ खेलमध्ये २७ खेल जितेको छ । २१ खेलमा पराजय ब्यहोरेको नेपाललको एक खेल नतिजाविहीन बनेको थियो ।

Share Now

Leave a comment.