Prakash Adhikari April 2, 2022

जनकपुरधाम(धनुषा), १९ चत्र । २०७७ असोजमा खरिद गरिएको दुई वटा रेल नियमित सञ्‍चालनको लागि आज उद्घाटन गरिँदै छ ।

१ फागुनदेखि बिना यात्रु (ड्राई रन) हुदै आएको कुर्था– जनकपुर–जयनगर रेल सेवा नियमित रुपमा सञ्चालनका लागि भारतको नयाँ दिल्लीबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारततीय पधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिउँसो साढे १२ बजे भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

शनिबार दुई देशका प्रधानमन्त्री उद्घाटन गरेपनि रेल सेवा नियमित रुपमा चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्‍जन झाले बताउनुभयो ।

महाप्रबन्धक झाका अनुसार नेपाली समय साढे १२ वजे भारतको जयनगरस्थित नेपाली स्टेशनबाट रेलको उद्घाटन भई सञ्चालन हुनेछ ।

जयनगरबाट आउने रेलमा भौतिक पुर्वाधार तथा यातायातमन्त्री रेणु यादव जनकपुरधाम हल्टमा रेलमा चढ्नुहुनेछ ।

मन्त्री यादव चढेर कुर्थासम्मको यात्रा गरेपछि पुनः रेल जनकपुर आउने छ । जनकपुरधाम कार्यालय परिसरमा आयोजना हुने समारोहमा मन्त्री यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।

सर्वसधारणलाई रेलमा चढ्न आईतवारदेखि मात्रै खुल्ला हुने महाप्रबन्धक झाले जानाकारी दिनुभयो । उहाँले अगाडि भन्नुभयो, ुशनिबार समुद्घाटन यात्रा भएकोले टिकट काटिने छैन, आईतवारदेखि मात्रै टिकट काटने व्यवस्था मिलाएका छौ । ‘टिकट काटने कर्मचारीदेखि लिएर अन्य कर्मचारी शुक्रबार नै जिम्मेवारी तोकिएको स्टेसन तथा हल्टहरुमा खटिसकेका छन् । तर शनिबारदेखि यात्री बोकेर चलाउन प्राविधिक समस्या भएकोले आईतवारदेखि नियमित सञ्‍चालन गर्ने योजना बनाएका छौ ।’

भारत सरकारको ८ अर्व ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयननर– विजलपुर– बर्दिवास सम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर– कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको महाप्रबन्धक झाले बताउनुभयो ।

रेल सञ्चालनका लागि चालकसहितका प्रविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जीटुजी सम्झौता भएको महाप्रन्धक झाले बताउनुभयो ।
विगतमा चोरी भएका रेल्वे ट्रयाकको क्लिपहरु लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भईसकेको उहाले बताउनुभयो ।

विंसं २०७७ साल असोजमा नेपाल सरकारले भारतीय रेल्वे कोकंण कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा बोगिसहितको दुई वटा रेल खरिद गरेको थियो । तर, कानुन, कर्मचारी र वजेटको अभावमा रेल सञ्‍चालन हुन सकिरहेको थिएन । रेल सञ्‍चालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन दुई पटक फेल भएपछि केही दिनअघि तेस्रो पटक अध्यादेशबाट ल्याएको कानुन अनुसार रेल सञ्चालन हुन लागेको हो ।

Share Now

Leave a comment.