Prakash Adhikari April 7, 2022

 

काठमाडौं, २४ चैत्र । सरकारले विभिन्न २० देशमा राजदूत नियुक्त गर्न सिफरिस गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको हो।

एक मन्त्रीले दिएको जानकारी अनुसार छिमेकी चीनको राजदूतमा विष्णुपुकार श्रेष्ठलार्य सिफारिस गरिएको छ।

चीनका लागी राजदूत सिफारिस श्रेष्ठ माओवादी निकट मानिनुहुन्छ ।

सिफारिस भएका अन्य राजदूतमा दान बहादुर तामाङ–दक्षिण अफ्रिका,शर्मिला पराजुली ढकाल– स्पेन,वाशुदेव मिश्र– श्रीलंका, मिलन तुलाधार– रसिया,कैलाश पोखरेल– अष्टेलिया,डिल्लीराज पौडेल– मलेसिया,शान्ता रिजाल– इजरायल,ज्योति प्याकुरेल– दक्षिण कोरिया,प्रा डा रामशुरज राय यादव– डेनमार्क,नवराज सुवेदी– साउदी अरव हुनुहुन्छ । नरेशविक्रम ढकाल पनि राजदूतमा सिफारिस हुनुभएको छ ।

आज सिफारिस भएका राजदूतमा १२ जना राजनीतिक दलको तर्फबाट र ८ जना कर्मचारीबाट भएका छन् ।

मन्त्रिपरिषदले कर्मचारीबाट भरतकुमार रेग्मी, तीर्थराज वाग्ले र निर्मलराज काफ्लेलाई पनि राजदूत सिफारिस गरेको छ।

Share Now

Leave a comment.