काठमाडौँ, २७ चैत्र । नेपालका व्यवस्थापकहरुको छाता संगठन नेपाल व्यवस्थापन संघ (म्यान) को कार्यसमितिको चुनावमा सर्वाधिक मतसहित अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न २० औं प्रवन्ध समितिको निर्वाचनमा उहाँले सबैभन्दा धेरै ३ सय ६४ मत ल्याई विजयी हुनुभएको थियो ।
साधारण सभापछि सम्पन्न निर्वाचनमा मोहनराज ओझा, शशि सत्याल, प्रध्युमन पोखरेल, कृष्णप्रसाद शर्मा, आशा राणा अधिकारी, मनोजकुमार लाल कर्ण, अश्मी राणा, मोहकुमारी अधिकारी, मिलन गुरुङ, नरेन्द्रकुमार श्रेष्ठ, इन्द्रकुमार श्रेष्ठ, आङ छिरिङ शेर्पा, जीवनकुमार कटवाल, रमण नेपाल, सुरेन्द्र थापा, मनिष झा, सुजनकुमार आचार्य, अनु जोशी श्रेष्ठ सदस्यमा निर्वाचित हुुनुभएको छ।
संस्थागत सदस्यहरुमा कर्मचारी सञ्चय कोष, बुटवल पावर, शिवम् सिमेन्ट, सनराइज बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल राष्ट्र बैंक र नागरिक लगानी कोष छन् ।
संघको विधानमा कार्य समितिले पदाधिकारीहरु निर्वाचित गर्ने व्यवस्था छ ।


















