सानेपा(ललितपुर), ३० चैत्र । स्थानीय तहको घोषणा पत्रमा समावेश गर्ने विषयबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिनुभएको छ।
कांग्रेसले महामन्त्री गगन थापा संयोजकत्वमा घोषणा पत्र निर्माण समिति बनाएको छ । सो समितिले विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव लिएर घोषणा पत्र निर्माण गर्ने काम गरिरहेको छ।
कांग्रेसले पार्टीका समितिहरू, २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरू, सर्वसाधारणबाट पनि घोषणा पत्रका लागि सुझाव माग गरेको छ।
तयार भएको घोषणा पत्र कांग्रेसले वैशाख ११ मा सार्वजनिक गर्ने भएको छ।
नेपाली कांग्रेसका स्थानीय तहका उम्मेदवारहरुले स्थानीय तहमा नै प्रतिवद्धता पत्र सार्वजनिक गर्ने भएका छन् ।


















