Prakash Adhikari April 13, 2022

 

काठमाडौँ, ३० चैत्र । चालु आर्थिक बर्षको मौद्रिक नीतिमा शेयर बजारको लगानीलाई निरुत्साहित गर्ने प्रावधान राखेपछि विस्तारै घट्न थालेको नेपालको शेयर बजार मंगलबार पनि ओरोलो लय फेर्न सकेन । अघिल्लो दिनको तुलनामा ३४.७ अंकले घटेर नेप्से परिसूचक २३८५ अंकमा अडियो ।

यस दिन कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन करिब सवा २ अर्बको कारोबार भएकोमा मंगलबार यो १ अर्ब ५२ करोडमा खुम्चियो ।

यस दिन होटल तथा पर्यटन उपसमूह ३ अंक बढ्यो भने अरु सबै घटेका छन् । बैंकिङ १२, विकास बैंक ७१, फाइनान्स ४५, जलविद्युत ५२, जीवन बीमा २१४, उत्पादन ९९, लघुवित्त ५१, निर्जीबन बीमा २३५, अन्य ४८ र ब्यापार उपसमूह ४० अंकले घटे ।

Sub-Indices Current Points Change %Change
Banking 1,586.80 12.94 0.81
Trading 2,217.68 40.78 1.81
Hotels And Tourism 3,072.78 3.14 0.1
Development Bank 4,106.51 71.57 1.71
HydroPower 2,732.81 52.92 1.9
Finance 1,831.24 45.05 2.4
Non Life Insurance 11,053.71 235.12 2.08
Manu.& Pro. 5,635.19 99.7 1.74
Others 1,830.67 48 2.56
Microfinance 4,739.07 51.37 1.07
Life Insurance 13,056.82 214.23 1.61
Mutual Fund 15.13 0.19 1.26
Investment 79.03 1.62 2.01

यस दिन कूल १३ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ७७ कम्पनीको घट्यो । ५ वटा कम्पनीको शेयर मूल्य अघिल्लो कारोबारको दिनको स्तरमा यथावत रहृयो ।

यस दिन नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । अन्य बढ्ने कम्पनीहरुमा एनआईसी समृद्धि फण्ड,प्राइम बैंक डिबेञ्चर,एनआईबी डिबेञ्चर,मञ्जुश्री फाइनान्स डिबेञ्चर,सनराईज डिबेञ्चर,एनआईबी समृद्धि फण्ड २,विजय लघुवित्त, मनकामना स्मार्ट लघुवित्त र प्रभुबैंक डिबेञ्चर रहेका छन् ।

Top Gainers

Symbol LTP % Change
As of 2022-04-12 15:00:00
NESDO 2,057.00 10.00
NICSF 8.80 3.53
PBD85 872.10 2.00
NIBD2082 1,000.60 2.00
MFLD85 906.70 1.99
SRD80 953.10 1.99
NIBSF2 9.04 1.92
VLBS 1,132.00 1.76
MKLB 1,130.00 1.69
PBLD84 969.90 1.56
View All

यस दिन इमर्जिङ नेपाल, न्यादी हाइड्रोपावर, घलम्दी, एभरेष्ट इन्स्योरेन्सको संस्थापक, राष्ट्रउत्थान लघुवित्त, हिमाल दोलखा हाइड्रो पावर, कर्पोरेट बैंक, अरुण काबेली जलविद्युत, तेह्रथुम पावर र समृद्धि फाइनान्सको शेयर मूल्य अघिक घट्न गएको छ ।

 

Top Losers

Symbol LTP % Change
As of 2022-04-12 15:00:00
ENL 935.00 -6.59
NYADI 401.10 -6.07
GHL 271.00 -5.90
EICPO 400.00 -5.88
RULB 1,306.10 -5.36
HDHPC 250.00 -5.34
CORBL 441.30 -5.10
AKJCL 248.10 -4.94
TPC 525.00 -4.89
SFCL 278.00 -4.47
View All

 

यस दिन हिमालयन डिस्टिलरी, नबिल बैंक, शिवम् सिमेन्ट, निफ्रा, अरुणभ्याली हाइड्रोपावर, एनआईसी एशिया,नेपाल बैंक लिमिटेड, नेपाल लाईफ इन्स्योरेन्स,अपर तामाकोशी र नेपाल पुनर्बीमा कम्पनीका कारोबार बढी भएको छ ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-04-12 15:00:00
HDL 57,501,550.70 3,507.00
NABIL 43,408,463.80 960.00
SHIVM 38,830,561.50 999.00
NIFRA 37,093,455.70 314.00
AHPC 34,602,469.20 413.00
NICA 33,165,629.30 752.00
NLIC 31,230,533.80 941.00
NBL 30,317,697.00 318.00
UPPER 30,050,921.60 542.00
NRIC 29,501,012.20 1,018.00
View All

४ १२ को असर
आर्थिक बर्षको सुरुमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि ओरालो लागेको बजार लगातारजसो घटिरहेको छ । मौद्रिक नीतिमा बैंकिङ प्रणालीबाट एक जना लगानीकर्ताले अधिकतम १२ करोड रुपैयाँ मात्र सेयर कर्जा लिन पाउने सीमा तोकिएको छ । साथै, एउटा बैंकबाट अधिकतम ४ करोड मात्र सेयर कर्जा लिन पाउने सुविधा सीमित गरियो ।

लगानीकर्तालाई यस व्यवस्थाले निरुत्साहित पनि बनायो । नेपालको पूँजी बजारमा लगानी गरिरहेको गैरआवासीय नेपालीहरुले समेत अब शेयरको लगानी प्रतिफलमूलक नहुने भन्दै फिर्ता लिन थाले ।

यसरी शेयर बजारमा आम लगानीकर्ता विकर्षित हुने अवस्था आयो । प्रत्यक्षरुपमा कस्ने यस नीतिका कारण एकातिर सेयर बजार घट्दै गएको छ भने अर्कोतिर वित्तीय संस्थाको सेयर धितो कर्जा प्रवाहमा पनि महिनैपच्छे गिरावट हुँदै आएको छ ।

विगतमा ३२ सयको उच्चतम रेकर्ड कायम गरेको बजार लगातार ह्रास हुनुमा यही महाप्रसादको अव्यवहारिक मौद्रिक नीतिलाई जिम्मेवार मानिएको छ ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार १ महिनामा शेयर धितो कर्जा २ अर्ब ८२ करोड रुपैयाँले घटेको छ । फागुन महिनासम्ममा वित्तीय संस्थाहरुले ९५ अर्ब ८० करोड २२ लाख रुपैयाँ शेयर कर्जा प्रवाह गरेका छन् । यसअघि माघ मसान्तसम्ममा ९८ अर्ब ६२ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक गरिएको थियो । गत असार मसान्तको तुलनामा फागुनमा शेयर धितो कर्जा प्रवाह ९.९प्रतिशतले घटेको हो ।

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ बराबर प्रवाह गरेका थिए । १२ करोड रुपैयाँभन्दा माथिका शेयर धितो कर्जा नवीकरण गर्न नपाइने व्यवस्था भएकाले यो तथ्यांक केही घटेको हो ।

गएको असारको तुलनामा माघमा यस्तो कर्जा १५.५ प्रतिशतले कमी भएको थियो भने फागुन मसान्तमा १८.७ प्रतिशतले कमी भएको छ ।

Share Now

Leave a comment.