काठमाडौं, ३० चैत्र । मेगा बैंकका ग्राहकहरुले नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।
मेगा बैंक र दराजबीच भएको सम्झौता अनुसार, मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुले २०७८ चैत्र २८ गतेदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैंयासम्म छुट पाउनेछन् ।
यसैगरी, क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सय सम्मको छुटको व्यवस्था गरिएको छ । छुट सुविधाका लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डका लागि आजै आवेदन दिन सकिने मेगा बैंकले जनाएको छ ।
नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले मेगा बैंकले यो सम्झौता गरेको हो ।
यो योजनामा दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।
मेगा बैंकले डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राख्दै आएको छ ।
२०६७ सालमा स्थापित मेगा बैंक नेपालको क वर्गको बाणिज्य बैंक हो । नेपालका ६३ जिल्लामा फैलिएको मेगा बैंकले २ सय ७ शाखा, २५ विस्तारित काउण्टर र १ सय ४० एटीएम बुथ, ६० वटा शाखारहित सेवा केन्द्र र ३ हजार २ सयभन्दा बढी रेमिट्यान्समार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको छ ।
यसले संस्थागत क्षेत्र,साना तथा मझौला उद्यम, उपभोक्ता र सुक्ष्म तहका ग्राहकहरुलार्ई विभन्न उपायमार्फत बैकिड. र वित्तीय सेवा पुर्याउदै आएको छ ।


















