Prakash Adhikari March 14, 2018

 

सिउल(दक्षिण कोरिया), ३०फागुन । नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाको महाधिवेशन आउदो मे ६ मा हुने भएको छ ।

कोरियाको विभिन्न क्षेत्रमा छरिएका ८ वाट क्षेत्रीय समितिको अधिवेशन २२ अप्रिलमा सम्पन्न गरि केन्द्रीय महाधिबेशनका गर्ने तयारी भएको छ । महाधिवेशनका लागि जनसम्पर्क समिति कोरियाका सभापति गिरिबहादुर कुंवरको संयोजकत्वमा पांचौ महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ ।
जनसम्पर्क समिति कोरियाका महामन्त्री जीतेन्द्र महतले महाधिवेशन भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न व्यापक तयारी गरिएको बताए । महाधिवेशन नेपाली कांग्रेसका केन्द्रीय नेताहरुको आतिथ्यमा कोरियाको राजधानी सिउलमा गरिने छ ।

नेपाली जनसम्पर्क समिति कोरियाको क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशनमा उत्साजनक सहभागी भएर भाग लिन हुन सम्पूर्ण कांग्रेस सकृय सदस्य, साधारण सदस्य लगायत पार्टीमा आस्था राख्नु हुने सबैलाई समिति सभापति गिरीबहादुर कुंवरले अनुरोध गरेका छन् । मजबूत जनाधार भएको जनसम्पर्क समितिको पांचौ महाधिवेशनको मिति तयसंगै कोरियामा सबैको चासोकारुपले हेरिएको छ ।

Share Now

Leave a comment.