Prakash Adhikari March 14, 2018

हरारे(जिम्बाबे)। २९ फागुन । नेपाली राष्टिय क्रिकेट टीमका कप्तान एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको समूह चरणका उत्कृष्ट११ खेलाडीका पाँचौ नम्बरमा पर्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमा जारि विश्वकप छनौट चरणका उत्कृष्ट खेलाडीको नाम सार्वजनिक गरेको छ । मार्च ४ बाट सुरु भएको प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली कप्तान पारस खड्काको प्रशंसा गर्दै आईसीसीले लेखेको छ, “उनी सबैभन्दा मन पराइएका नेपाली क्रिकेटर हुन् र उनले यति बर्षसम्म आफ्नो प्रतिष्ठा कायम राखेका छन् । यदि तपाई आफ्नो ब्याटिंगमा स्थिरता खोज्दै हुनुहुन्छ जुन पाउन सक्नुभएको छैन भने पारसको इनिंगलाई लिनुहोस् ”

पारसले जिम्बाबे विरुद्द ४०, स्कटल्याण्ड विरुद्द ६३, अफगानिस्तान विरुद्द ७५ र हंगकंग विरुद्द ११ रन गरि जम्मा ४ खेलमा १ सय ८९ रन जोडेका छन्।

आईसीसीले सार्वजनिक गरेको उक्त सूची यस्तो छ :

विलियम पोटरफिल्ड (आएरल्याण्ड)
टोनी उरा (पपुवा न्यू गिनी )
कलम म्याकलियड (स्कटल्याण्ड)
ब्रेण्डन टेलर (जिम्बाबे)
पारस खड्का (नेपाल)
अन्शुमन राथ (हंगकंग)
सिकन्दर रजा (जिम्बाबे)
रोहन मुस्तफा (युएई)
मोहम्मद नाबि (अफगानिस्तान)
जेसन होल्डर (विंडीज)
एहसान खान (हंगकंग)

Share Now

Leave a comment.