Prakash Adhikari March 13, 2018

स्विट्जरल्याण्ड। गैरआवसीय नेपाली संघ महिला फोरम स्वीटजरल्याण्डले आयोजनामा लेन्जबुर्गमा १०८ औं अन्तरराष्ट्रिय नारी दिवस भव्य रुपमा मनाइएको छ ।

स्वीजरल्याण्डकालागि नेपाली राजदूत दीपक धितालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमकी सभापति तथा महिला संयोजक शुभ एल्मर लामाले एक स्लाइड प्रस्तुत गर्दै महिला जागरण सम्बन्धी नेपालमा भइरहेका केही परियोजनाहरूका बारेमा विस्तृत जानकारी दिनुका साथै नेपालका विभिन्न क्षेत्रमा एनआरएनए महिला फोरम स्वीट्जरल्याण्डको सक्रियता एवं संलग्नताका बारेमा विस्तृत विवरण पेश गरेकी थिइन।

कार्यक्रममा नेपाली दूतावास स्वीट्जरल्याण्डका लागि दोस्रो सचिव अन्तरा सिङले पहिले भन्दा अहिले नेपाली महिलाहरू हरेक कुरामा धेरै अगाडी आइरहेको विवरणहरू प्रस्तुत गर्दै नेपालको रीतिरिवाज, जातीय प्रचलन र धार्मिक कुराहरूले नेपाली महिलाहरूले धेरै दुख भोग्नु पर्ने कुरा व्यक्त गरेकी थिइन।

कार्यक्रममा नेपाली स्थानीय कलाकारहरू गौरी गुभाजू, राजेन्द्र भण्डारी र कल्पना तामाङले नृत्य प्रस्तुत गरी कार्यक्रमको माहोल नै रमणीय बनाएका थिए । दिप्सा आचार्यको गायन र नृत्यले झनै कार्यक्रमलाई रोचक बनाएको थियो।

गैरआवासीय नेपाली संघ, स्विट्जरल्याण्डका महिला संयोजक शुभ एल्मर लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली दूतावास स्वीट्जरल्याण्डका महामहिम राजदूत दिपक धितालको प्रमुख आतिथ्यता तथा नारी समाज पोर्चुगलकी अध्यक्ष तथा एन आर एन महिला फोरम पोर्चुगलकी संयोजक सिता बराल एवं नारी समाज पोर्चुगलकी महासचिव मीना खरेलको विशेष आतिथ्यता रहेको सो कार्यक्रममागैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डका अध्यक्ष भूमिराज गुरूङ, आईसीसी सदस्य रामकुमार महतो, स्वीस नेपाली समाजका उपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डका सल्लाहकार पितम गुरुङ, स्वीस नेपाली समाजका कोषाध्यक्ष तथा गैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डका सल्लाहकार सुजन मल्ल र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघ, महिला फोरमका सदस्य कल्पना तामाङको स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको दोस्रो सेसनमा महिला फोरमले नेपालमा “पाठेघर खस्ने” रोगको उपचार र नियन्त्रणमा गरिएको सहयोग र फोरमकी सदस्य विजया भट्टले महिला फोरमको प्रोजेक्ट सम्बन्धी पावर प्वाइन्ट प्रिजेन्टेश दिएका थिए ।
नारी समाज पोर्चुगलकी अध्यक्ष तथा एन आर एन महिला फोरम पोर्चुगलकी संयोजक सिता बरालले नारी समाज पोर्चुगलले त्यहाँ भईरहेका गतिविधिहरुका बारेमा एक स्लाइड प्रस्तुत गरेकी थिइन।

सिमा गौतम अर्यालको उद्घोषणमा सम्पन्न सो कार्यक्रमको अन्त्यमा नेपाली डिजे म्यूजिकमा नाच्दै सबैले भरपूर मनोरञ्जन लिएका थिए।

Share Now

Leave a comment.