Prakash Adhikari April 21, 2022

काठमाडौं, ८ बैशाख । सत्ता गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुबीच बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरमा हुने तालमेलको विषयको टुंगो लागेको छ ।

गठबन्धनका शीर्ष नेताहरुबीच बुधबार भएको सहमति अनुसार देशका ६ नगरपालिकामा नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिको मेयर पाएको छ भने वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उपप्रमुख पाएको छ ।

देशभरका ११ उपमहानगर पालिका मध्ये नेपाली कांग्रेसले धरान, इटहरी,कलैया,बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीमा मेयर पद पाएको छ । कांग्रेसलाई जितपुर सिमरा, घोराही र हेटौडा उपमहानगरमा उपप्रमुख दिइएको छ ।

नेकपा माओवादीले भरतपुरमा मेयर र ललितपुरमा उपमेयर पद पाएको छ । भने उमहानगरपालिकामा जितपुर सिमरा र घोराहीमा प्रमुख पाएको छ भने धरान र धनगढीमा उपप्रमुख पाएको छ ।

एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर भागमा परेको छ ।्

त्यस्तै समाजवादीलाई हेटौडा उपमहानगरपालिको मेयर तथा इटहरी, बुटबल र तुलसीपुरको उपप्रमुख भागमा परेको छ ।

जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको मेयर र विराटनगर महानगरपालिकाको उपप्रमुख पाएको छ ।

उपमहानगरमा जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा कलैया र
नेपालगञ्जको उपप्रमुख पाएको छ ।

स्थानीय निर्वाचन तालमेल सहमतिमा गठबन्धन रहेको नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाले, नेकपा माओवादीको तर्फबाट अध्यक्ष प्रचण्डले, एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपालले, जनता समाजवादीका तर्फबाट उपेन्द्र यादवले र राष्ट्रिय जनमोर्चाका तर्फबाट दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको थियो ।

 

त्यस्तै नेकपा माओवादीले

Share Now

Leave a comment.