काठमाडौं, ३० फागुन ।प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई न्याय परिषद्को सचिवका सचिव सचिव नृपध्वज निरौलाले पदमुक्त भएको पत्र दिएका छन्।
बुधबार अपरान्ह न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सम्बोधन गर्दै उनी पदमा नरहेको व्यहोरासहित लेखिएको पत्र तयार गरी उनलाई बुझाउनु पहिले सामाजिक सञ्जालका वेबसाइटहरूमा चुहाइएको थियो।
उक्त पत्रमा आज फागुन ३० गते परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट न्याय परिषद्लाई प्राप्त पत्रको आधारमा ून्याय परिषद् ऐनबमोजिम गत २०७४ साल साउन २१ गते नै प्रधानन्यायाधीश गोपाल पराजुलीको ६५ वर्षको उमेर हद पूरा भइसकेकोू जनाइएको छ।
त्यस्तो व्यहोराको पत्र सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरूमा चर्चाको विषय भइरहँदा प्रधानन्यायाधीश पराजुलीले भने राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
न्याय परिषद्का सचिव निरौलाले लेखेको पत्रमा प्रधानन्यायाधीश पराजुलीले न्याय क्षेत्रमा पुर्याएको योगदानका लागि धन्यवाद दिँदै उनको ुसेवा निवृत्त जीवन सुखमय् रहोस्ु भन्ने कामना पनि गरिएको छ।
पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ लाई उद्धृत गर्दै त्यसमा उल्लिखित ूकुनै न्यायाधीश उमेरका कारणले अवकाश हुने भएमा सो को जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनु पर्नेछु भन्ने प्रावधानको सन्दर्भ प्रस्तुत गरिएको छ।
पत्रमा आज २०७४ फागुन ३० गते परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त पत्र र न्याय परिषद्को सचिवालयमा रहेको प्रधानन्यायाधीशको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण समेतको आधारमा उनी गत साउन २१ मा नै ६५ वर्ष पुगिसकेको उक्त पत्रमा जनाइएको छ।
न्याय परिषद्ले उक्त पत्रमा राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालत, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, निजामती किताबखाना लगायतका निकायहरूलाई बोधार्थ र कार्यार्थ उल्लेख गरेको छ।
न्यायपरिषद् प्रधानन्यायाधीशकै अध्यक्षतामा रहने व्यवस्था छ । सो परिषद्मा संघीय कानून तथा न्यायमन्त्री,सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश, प्रधानमन्त्रीको सिफारीशमा राष्टपतिबाट नियुक्त गरिने कानुनविद् र नेपाल वारको शिफारीशमा राष्टपतिबाट नियुक्त गरिने एकजना वरिष्ठ अधिवक्ता रहने व्यवस्था छ ।