Prakash Adhikari November 24, 2026

काठमाडौं, ८ मंसिर । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। यस दिन सुन प्रतितोला ५ सय  रुपैयाँ र चाँदी तोलाको ३५ रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला २ लाख ४७ हजार ४ सय  रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला ३ हजार १ सय  ४५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला ३ हजार १ सय  १० रुपैयाँमा कारोबार भएको थियो।

Share Now