काठमाडौं, १६ जेठ । सत्ता गठबन्धनको स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गरेर जाने निर्णय गरेको छ ।
सोमबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै स्थानीय कार्य पालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गर्ने निर्णय गरेको हो ।
बालुवाटार सहमति कार्यान्वयन गर्न पाँचै दलले आआफ्ना प्रदेश र जिल्ला समितिलाई निर्देशन दिने निर्णय गरेका छन् ।


















