काठमाडौं, १८ जेठ । यस बर्षको नेपाल सुन्दरी प्रतियोगिता असार ४ गते गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने भएको छ ।
यस बर्षको मिस नेपाल–२०२२ को ताज पहिरिन २४ किशोरीहरु छानिएका छन।
हिडन ट्रेजरले आयोजना गरिरहेको मिस नेपालका लागि यो वर्ष देशभरबाट ८ सय युवतीले आवेदन दिएका थिए।
जसमध्ये १ सय ९६ जनाले अडिसन दिएका थिए। अडिसन दिएकामध्ये २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन्।
अन्तिम प्रतिस्पर्धामा रहेका युवतीलाई ब्याच र अंकसमेत प्रदान गरिएको छ।
अन्तिम चरणका प्रतियोगिताका सहभागीलाई पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रान्यासनलका विजयी सुन्दरीले ब्याच प्रदान गरेका थिए।
यसपटक मिस नेपाल बन्ने दौडमा अनुष्का पौडेल, श्रीयांशु पिया, दिलाशा डोटेल, आश्रा श्रेष्ठ, अयुषनोभा ढुंगाना, आकृति शाह, मेरिका बाँस्कोटा, मानषी चन्द, स्मारिका शर्मा, श्रीया गजुरेल, सुस्मिता बोगटी, ममता ढकाल, एश्वर्य शाही ठकुरी, सरिषा श्रेष्ठ, अनुश्रुया डाँगी, ऋतुल पौडेल, प्रियंकारानी जोशी, यशस्वी श्रेष्ठ, रोज कँडेल, न्यान्सी खड्का, सोफिया श्रेष्ठ, आश्रुुति सुवेदी, गंगा गुरुङ र अस्मिता ढुंगाना रहेका छन्।
ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने अन्तिम प्रतियोगितामा ६ जना चिकित्सक सुन्दरी पनि सहभागी छन्।



















