काठमाडौ, २ चैत्र । सार्क राष्ट्रका उद्योगी र व्यापारीहरूको छैटौँ सम्मेलन ‘सार्क विजनेस लिडर्स कन्क्लेभ’ राजधानीमा सुरु भएको छ।
तीन दिनसम्म चल्ने सो सम्मेलनको शुक्रबार साँझ प्रधानमन्त्री केपीशर्मा ओलीले उदघाटन गरे।
उदघाटनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले राजनीति स्थायीत्व ग्रहण गरी समुन्नति र विकासको मार्गमा अगाडि बढ्ने संकल्प सहित काम थाल्न लागेको बेलामा भएको सार्क क्षेत्रका उद्यमी र व्यवसायीहरुको भेलाको विशेष महत्व रहेको बताए ।
उनले सरकार निजी क्षेत्र मैत्री र लगानी मैत्री भएको बताउदै लगानीको लागि अहिले उपयुक्त वारतरण भएको बताए।
उनले नेपाल प्राकृतिक र मानवस्रोतमा पनि अग्रणी रहेकोले त्यसको लाभ उठाउन नेपालमा लगानी गर्न पनि आग्रह गरे ।
उनले नेपाल आन्तरिक द्धन्द्ध व्यवस्थापन गरी शान्तिपूर्ण रुपमा लोकतन्त्रको अभ्यास र विकासको मार्गमा लागेकोले निर्धक्क भएर लगानी गर्न सार्क क्षेत्रका उद्योगी र व्यापारीलाई आग्रह गरे ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले सार्क क्षेत्रमा भएको प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गर्नु पर्ने धारणा राखे। उनले कृषि, जलविद्युत, पर्यटन, हेन्डीक्राफ्ट लगायतमा यो क्षेत्रमा प्रशस्त लगानी गर्न सकिने बताए।
सार्क चेम्वरअफ कमर्शका अध्यक्ष सुरज वैद्यले सार्च चेम्वरको अध्यक्षता नेपालले गरेको र अहिले नेपालबाट सार्कले ठूलो अपेक्षा राखेको बताए। उनले वर्तमान सरकारलाई संसदको तीन चौथाई समर्थन रहेकोले यो समयमा सरकारले आँटेर काम गरेमा पूर्वाधार र औद्योगिक विकासमा नेपालले फड्को हान्न सक्ने अवस्था रहेको स्मरण गराए । उनले अहिले हुने लगानीको उचित व्यवस्थापन गरेमा संघीय संरचनामा गएको नेपालका सबै प्रदेशमा सन्तुलित र समान ढंगले विकास हुन सक्ने पनि बताए ।
उनले सार्क क्षेत्रको सहजताको लागि र आर्थिक क्रियाकलाप वृद्धि गर्नको लागि मोटर भइकल एग्रिमेन्ट गर्नु पर्ने बताए।
कार्यक्रमलाई संबोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा अबका दिनमा आर्थिक क्रियाकलाप बढ्ने बताइन्। उनले सरकारको ध्यान आर्थिम वृद्धि, रोजगारीको सृजना र उत्पादन वृद्धिमा भएको कारण अवका दिनमा लगानीको वातवरण थप सहज बन्ने बताइन।
सम्मेनललाई सार्कका महासचिव अमजाद हुसैन वि सइलले पनि संबोधन गरेका थिए ।
भेलामा सार्क राष्टका उद्यमी, व्यवसायी, वाणिज्य मन्त्री, प्रशासनिक नेतृत्व तथा विज्ञहरूसहित २ सयभन्दा बढी अतिथिले सहभागिता जनाएका छन्।
शुक्रबारदेखि उद्घाटन भएको कनक्लेभमा शनिबार र आइतबार विभिन्न सेसन हुनेछन्।
दोस्रो दिन शनिबार विभिन्न सातवटा विषयमा समानान्तर प्यानल छलफल हुनेछन् र तेस्रो दिन पाँचवटा विषयमा प्यानल छलफल गर्ने कार्यक्रम छ।
सम्मेलनमा सार्क क्षेत्रको साझा समृद्धि, सार्क मुलुकमा व्यापार र लगानी प्रवर्द्धन, आर्थिक र राजनीतिक संकट विषयमा छलफल कार्यक्रम राखिएको छ।
त्यस्तै विश्व अर्थव्यवस्थामा सार्कको भूमिका,उर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशालगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ।