Prakash Adhikari March 17, 2018

 

काठमाडौं,२ चैत्र । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले न्यायपालिकाको स्वतन्त्र अस्तित्व खतराको वादल मडारिएको जनाएको छ ।

एशोसियसनले निवर्तमान प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीलाई राजिनामा गराउन सिर्जना गरिएका कृतिम, जालसाजीपूर्ण र भ्रमपूर्ण क्रियाकलापका सम्बन्धमाा शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा जनाइएको छ ।

नेपाल वारले न्यायपरिषदका सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको जानकारी गराउँदै लेखेको पत्रले कानुन र न्यायको ठाडो उलंघन गरेको ठहर गरेको छ ।

बारले आफ्नो विज्ञप्तिमा न्यायपरिषद्का सचिवले पदीय मर्यादा ख्याल नगरी न्याय परिषद बैठकबाट भएको निर्णयलाई समेत वेवास्ता गरी पत्र लेखेकोमा पनि आपत्ति प्रकट गरेको छ ।

‘यस्ता गलत प्रक्रिया र पद्धतिको नजीर बसाउने हो भने विधिको शासन र न्यायिक प्रक्रिया नै अवरोध हुन गई स्वतन्त्र न्यायपालिकाको अस्तित्वमाथि प्रहार हुन सक्ने कुरामा बार एशोसिएसन सदैव चिन्तित छ ’, बारका महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ

गत फागुन ३० गते न्याय परिषदका सचिव निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पत्र लेखी सेवा अवधि गत साउनमा नै समाप्त भएको भन्दै सामाजिक सञ्जाल र अनलाईन पोर्टलहरुका पत्र सार्वजनिक गराएका थिए ।

नेपाल वारले प्रधानन्यायाधीशको सेवा अवधि संवैधानिक परिषदले गरेको सिफारिस र राष्ट्रपतिले नियुक्ति गर्दा नै किटान गरिसकेको उल्लेख गर्दै तथ्यहीन ब्यहोरा हालेर न्यायपरिषद सचिवबाट पत्राचार गर्र्ने कार्य कानुनी प्रक्रिा, मर्यादा, अभ्यास र परम्पराको विरुद्ध भएको बताएको छ ।

प्रधानन्यायाधीश पराजुलीले बिहीबार राजीनामा दिएपछि सर्वोच्च अदालतमा भएको विवाद समाधान भएको भन्दै नेपाल वार एशोसियनले भविश्यमा यस घटनाबाट शिक्षा लिएर असल अभ्यास गर्नुपर्नेबताएको छ ।

Share Now

Leave a comment.