Prakash Adhikari March 17, 2018

 

काठमाडौं,२ चैत । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य रेशम चौधरीले शुक्रबार वीर अस्पतालमा अनशन तोडेका छन् ।

राष्टिय जनता पार्टिका तर्फबाट चुनाव जितेका रेशमलाई राजपाका नेताहरुको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापाले जुस पियाएर अनशन तोडाएका हुन् ।

गृहमन्त्री थापाले रेशमका दुई माग बाहेक अरु माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चौधरी अनशन तोडन सहमत भएका हुन् ।१८ दिनदेखि अनशनरत चौधरीका मुद्दा फिर्ता र अदालती प्रक्रियाबाहेक अन्य मागहरु पूरा गर्ने बचन गृहमन्त्रीले दिएका थिए ।

थारु आन्दोलनका क्रममा टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त ठहर्याउदै सरकारले मुद्दा चलाएको चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

चौधरीले आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने, सपथ खान पाउनुपनेर्न, टीकापुर घटनाका २६ जना आरोपीलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।

चौधरीलाई गृहमन्त्री थापाले अनसन तोडाउँदा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो र शरतसिंह भण्डारी पनि उपस्थित थिए ।

अनशन तोडेपछि चौधरीले टीकापुर घटनामा आफ्नो संलग्नता नरहेको र आफू निर्दोष रहेको दावी गरेका छन् ।

Share Now

Leave a comment.