Prakash Adhikari June 7, 2022

 

काठमाडौं, २३ जेठ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय खारेज गरेको छ ।
अब असार १ गतेदेखि सरकारी कार्यालयहरु फेरि पुरानै समय १० देखि ५ बजेसम्म हुनेछ । साप्ताहिक विदा पूर्ववत शनिवार मात्रै दिइनेछ ।

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले २६ वैशाख मा जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

बढ्दो आर्थिक मन्दी र पेट्रोलियम पदार्थको खपतका कारण व्यापार घाटालाई देखाउँदै सरकारले दुईदिने विदाको अवधारणा कार्यान्वयन गरेको थियो । तर सर्वोच्च अदातलमा मुद्दा परेपछि सरकार यो झन्झटमा पर्न चाहेन ।

यसपटक पेट्रोलियम पदार्थको खपत कम हुन्छ भन्ने आयल निगमको सुझावका आधारमा सरकारले दुई दिने विदा दिने निर्णय गरेको थियो ।

स्वास्थ्य,शिक्षा,वित्तीय क्षेत्र र स्थानीय निकायहरुले पनि सरकारको दुईदिने विदा कार्यान्वयनमा चासो नदेखाएपछि सरकार यसबाट पछि हटेको बताइन्छ ।

 

Share Now

Leave a comment.