Prakash Adhikari June 7, 2022

काठमाडौं, २३ जेठ । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

पौडेललाई बर्खास्त गर्नुअगाडि मन्त्रालयले पटक पटक स्पष्टीकरण सोधेको थियो ।स्पष्टीकरणमा चित्त नबुझेकोले मन्त्रालयले उहाँलाई बर्खास्त गरेको हो ।

उहाँले निगमको हित विपरीत काम गरेको भन्दै कर्मचारीहरुले कार्यालय छिर्न नदिए पछि मन्त्रालयले महाप्रबन्धक पौडेललाई धेरै महिना अगाडिदेखि मन्त्रालयमा तानेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरेको भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।

पौडेललाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

Share Now

Leave a comment.