Prakash Adhikari July 13, 2022

 

काठमाडौं, २९ आषाढ । हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने सहमति भएको छ ।

बुधबार दिउँसो दुई बैंकबीच मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्झौता भएको हो ।

हिमालयनले ८१ प्रतिशत स्वाप रेसियोमा सिभिललाई गाभ्ने सहमति भएको हो ।

प्रारम्भिक सहमति अनुसार नयाँ बन्ने बैंकको नाम हिमालयन बैंक नै रहने छ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका सिइओ अशोक राणा नै रहनुहुनेछ ।

नयाँ बन्ने बैंकको सञ्चालक समितिमा सिभिलका कुनै पनि सञ्चालन रहने छैनन्। सिभिल बैंकका हालका सिइओ नयाँ बैंकको डेपुटी सिइओ हुनुहुनेछ भने कर्मचारी बराबरी हैसियतमा समायोजन हुने छन्।

 

हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडिएपछि सिभिल बैंकसँग विभिन्न चरणमा कुरा गरेको थियो ।

दुई बैंकबीच स्वाप रेसियोमा कुरा नमिल्दा संझौता गर्नै तहमा पुगेर केही साता पहिले सहमति भाडिएको थियो ।

आगामी आर्थिक वर्षदेखि मर्जरमा जाने बैंकले सुविधा नपाउने संकेत गभर्नरले गरेपछि बैंकहरुले चालु आर्थिक वर्षमानै मर्जरमा जाने सम्झौता गरेका हुन्।

 

Share Now

Leave a comment.