ग्लास्गो(स्कटल्याण्ड), २६ आषाढ । आईसीसी वल्र्ड कप लिग २ अन्तरगत स्कटल्याण्डको ग्लास्गोमा भएको खेलमा नेपाली राष्ट्रिय टिमले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।
टस हारेर ब्याटिड. गरेको स्कटल्याण्डले ५० ओभरको खेलमा ४२.५ ओभरमा सबै विकेट गुमाउदै १ सय ४४ रन बनाएको थियो ।
१ सय ४५ रनको लक्ष्य पाएको नेपालले आज निकै सम्हालिएर खेल्यो । उसले २५.१ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४६ रन बनायो । नेपालका लागि आशिफ शेखले ७१ रन, उपकप्तान रोहित पौडेलले ३४, कुशल भूर्तेलले २७, देव खनालले ४, दीपेन्द्रसिंह ऐरीले ३ र आरिफ शेखले १ रनको योगदान दिए ।
नेपाललाई रोक्ने क्रममा स्कट ल्याण्डका गाभियन मेन ३,एड्रियन निल र रिच बेरिड.टनले एक एक विकेट लिए ।
यस पहिले टस हारेर ब्याटिड. गरेको स्कटल्याण्डले ५० ओभरको खेलमा ४२.५ ओभरमा सबै विकेट गुमाउदै १ सय ४४ रन बनाएको थियो ।
उसको लागि ग्याभिन म्यानले ६४,मार्क वाटले १७,सफयान सरिफले १६,कालुम म्याकलोडले १३, हाजमा ताहिरले ७, कायल कोटजरले ६, जर्ज मुन्से र माइकल लिएस्कले ४।४, रिच वेरड.टनले ३ र एड्रियन निलले २ रनको योगदान दिए ।
आजको खेलमा नेपालका बलरहरुले पनि निकै राम्रो प्रदर्शन गरे ।तुलनात्मक रुपमा बलियो मानिएको घरेलु टिमलाई घरेलु मैदानमा उच्च स्तरको रन बनाउन रोकेर नेपाली बलरहरुले आजको प्रतियोगिताको जितलाई सुनिश्चित गर्ने मार्ग प्रशस्त गरेका थिए ।
ग्लास्गोको टिटउड क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बलिड।रोजेको नेपालको प्रदर्शन प्रशंसा गर्न लायक रह्यो ।
नेपालका बलर सोमपाल कामीले स्कटल्याण्डका ओपनर म्याथ्यु क्रसलाई दोस्रो ओभरको अन्तिम बलमा २ रन जोडेको अवस्थामा आउट गरे । उनको स्थानमा ब्याटिड. गर्न आएका स्कटल्याण्डका म्याक लियोडलाई करन के.सी.ले १३ रनमा आउट गरिदिए ।आठौं ओभरको पहिलो बलमा सोमपालले अर्का ओपनर कायल कोइट्जरलाई पनि धरापमा पारे । उनले ६ रनमात्र जोड्न सके ।
एघारौं ओभरको पहिलो बलमा मोहमद आदिल आलमले जर्ज मुन्सेलाई ४ रनमा आउट गरिदिए ।बाह्रौं ओभरको दोस्रो बलमा नेपाली बलर सोमपाल कामीले रिच बेरिड.टनलाई ३ रनमै आउट गरिदिए ।
१५ औं ओभरको पहिलो बलमा मोहमद आदिल आलमले माइकल लिस्कलाई ४ रनमै आउट गरिदिए ।
२३ औं ओभरको चौथो बलमा आलमले सफयान सरिफलाई १६ रनमा आउट गरे ।
२६ औं ओभरको चौथो बलमा क्याप्टेन सन्दीप लामिछानेले मार्क वाटलाई १७ रनमा आउट गरे । गुरुपूर्णिमामा गुरुहरुको आर्शिवाद लागेका नेपाली बलरहरुको चमत्कार यतिकैमा रोकिएन । कप्तान लामिछानेले ३० औं ओभरको अन्तिम बलमा एड्रियन निललाई २ रनमै आउट गरे ।
त्यतिबेला स्कटल्याण्ड २९.६ ओभरमा ९५।९ को स्थितिमा थियो । अन्तिम विकेट झार्न नेपाली खेलाडीलाई निकै कठिन भयो । स्कटल्याण्डले यही बीचमा खेललाई धैर्यताका साथ अगाडि बढाउदै ४२.५ ओभरमा १ सय ४४ रनको अवस्थामा पुर्यायो । नेपालका दीपेन्द्रसिंह ऐरीले हाजमा ताहिरलाई आउट गरेर स्कटल्याण्डलाई थप रन जोड्नबाट रोके ।
हतारिएर चौका र छक्का हान्न खोजेर चाडै आउट हुने गरेका नेपालका ओपनरहरुले आज धैर्यताका साथ खेले । बलरहरुको प्रस्तुति पनि उत्कृष्ट रह्यो । यही स्पिरिटलाई कायम राख्न सके नेपालले बाँकी दुई खेल जित्न सक्ने निश्चित जस्तै छ । नामिविया स्कटल्याण्ड भन्दा कमजोर टिम हो । स्कटल्याण्डको त नेपालले आजै सातो लिइसकेको छ । तर त्यसका लागि खेलाडीहरुबीच समन्वय र साझेदारी र समझदारी अत्यन्त आवश्यक देखिएको छ । यसलाई टिम क्याप्टेन सन्दीप लामिछाने, प्रशिक्षक द्धय पुबुदु दासानायके र धम्मिका प्रसादले मनन गर्न जरुरी छ ।


















