Prakash Adhikari July 13, 2022

 

ग्लास्गो(स्कटल्याण्ड),२९ आषाढ । आईसीसी विश्व कप लिग २ अन्तरगत स्कटल्याण्डमा भएको आफ्नो दोस्रो खेलमा नेपाली बलरहरुले चमत्कारिक प्रदर्शन गरेका छन् ।

तुलनात्मक रुपमा बलियो मानिएको घरेलु टिमलाई घरेलु मैदानमा उच्च स्तरको रन बनाउन रोकेर नेपाली बलरहरुले आजको प्रतियोगिताको जितलाई सुनिश्चित गर्ने मार्ग प्रशस्त गरेका छन् ।

ग्लास्गोको टिटउड क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बलिड.रोजेको नेपालको प्रदर्शन प्रशंसा गर्न लायक रह्यो ।

नेपालका बलर सोमपाल कामीले स्कटल्याण्डका ओपनर म्याथ्यु क्रसलाई दोस्रो ओभरको अन्तिम बलमा २ रन जोडेको अवस्थामा आउट गरे । उनको स्थानमा ब्याटिड.गर्न आएका स्कटल्याण्डका म्याक लियोडलाई करन के.सी.ले १३ रनमा आउट गरिदिए ।आठौं ओभरको पहिलो बलमा सोमपालले अर्का ओपनर कायल कोइट्जरलाई पनि धरापमा पारे । उनले ६ रनमात्र जोड्न सके ।

एघारौं ओभरको पहिलो बलमा मोहमद आदिल आलमले जर्ज मुन्सेलाई ४ रनमा आउट गरिदिए ।बाह्रो ओभरको दोस्रो बलमा नेपाली बलर सोमपाल कामीले रिच बेरिड.टनलाई ३ रनमै आउट गरिदिए ।

१५ औं ओभरको पहिलो बलमा मोहमद आदिल आलमले माइकल लिस्कलाई ४ रनमै आउट गरिदिए ।

२३ औं ओभरको चौथो बलमा आलमले सफयान सरिफलाई १६ रनमा आउट गरे ।

२६ औं ओभरको चौथो बलमा क्याप्टेन सन्दीप लामिछानेले मार्क वाटलाई १७ रनमा आउट गरे । गुरुपूर्णिमामा गुरुहरुको आर्शिवाद लागेका नेपाली बलरहरुको चमत्कार यतिकैमा रोकिएन ।कप्तान लामिछानेले ३० औं ओभरको अन्तिम बलमा एड्रियन निललाई २ रनमै आउट गरे ।

Share Now

Leave a comment.