Prakash Adhikari July 18, 2022

ग्लास्गो(आयरल्याण्ड), २ श्रावण । आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आइतबार भएको खेलमा स्कटल्याण्डले नेपालमाथि ८ विकेटको जित हात पारेको छ।

निकै आशा गरेको आइतबारको खेलमा नेपाललाई भाग्यले साथ दिएन । टिटउडस्थित क्रिकेट मैदानमा भएको टस हारेर पहिले ब्याटिड.मा परेको

नेपालले दिएको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमै २ विकेटको क्षतिमा १ सय ३० रन बनाएर पूरा गर्यो।

स्कटल्याण्डको जितमा कालुम म्याकलियोडले सर्वाधिक ६४ रनको योगदान  गरे भने क्यायल कोत्जरले ४४ रनको योगदान गरे।

अर्का खेलाडी क्रिष्टोफर म्याकब्रिडले १० रन बनाए भने रिची बेरिड.टनले ४ रन ।

स्कटल्याण्डलाई रोक्न नेपालका क्याप्टेन सन्दीप लामिछाने र सोमपाल कामीले १ । १ विकेट लिए।

खेलमा टस हारेर ब्याटिङ गरेको नेपालका कुनै पनि ब्याट्सम्यान मैदानमा टिक्न सकेनन् । ५० ओभरको खेल पूरा गर्न पनि नेपाली ब्याट्सम्यान असमर्थ भए ।३५.५ ओभरमै अलआट भएको नेपालले जम्मा १ स्य २८ रनमात्र जोड्न सक्यो।

खेलमा ओपनर कुशल भुर्तेल ३ रनमै आउट भए । आसिफ शेखले  सर्वाधिक ४० रनको योगदा दिए । देव खनाल  १० रन मात्रमा बाहिरिए भने  रोहित पौडेललाई १० रनको दशाले छोडेन ।  दीपेन्द्र सिंह ऐरीले ७ रनमा नै बाहिरिए । आरिफ शेखले खाता खोल्न सकेनन् ।  विनोद भण्डारीले १३ रनको योगदान गरे भने  सोमपाल कामी र करण के.सी.ले समान ७। ७ रन बनाए। कप्तान सन्दीप लामिछानेले  २२ रन जोडे। एक दिवसीयमा डेब्यु गरेका किशोर महतोले ९ बल खेले पनि रन लिन सकेनन्।

स्कटल्याण्डले आइतबार घातक बलिङ गर्यो। उसका चार बलरले मेडन ओभर बलिङ गरेका थिए। हाम्जा ताहिरले  ४ विकेट

 विकेट लिए भने  मार्क वाटले  ३ विकेट झारे।गाभिन मेनले  २ विकेट लिए। क्रिस्टोफर म्याकब्राइडले  १ विकेट झारे । साफ्यान शरिफले २ मेडन ओभर बलिङ गरेका थिए। उनले विकेट लिन सकेनन्।

Image

नेपालको ब्याटिड. खराब, बलिड. पनि खस्कियो

नेपालको लागि स्कटल्याण्डको त्रिदेशीय सेरिज गर्वलायक रहेन । यस पहिले पाँचौ स्थानमा रहेको नेपाल यो सेरिज पूरा गरेपछि छैठौं स्थानमा झर्यो । नेपालले नामिबियालाई जित्ला भन्ने आशा थियो । तर त्यसमा तुषारापात भयो ।

हुन त नेपाल क्रिकेट टिमले आफूलाई सुधार्न पनि त्यति ध्यान दिएको थिएन् । स्कट्ल्याण्डमा हुने सेरिजका लागि अभ्यास खेल खेल्न उसले क्यानडा चयन गर्यो र त्यहाँ पनि राष्ट्रिय टिमसंग पराजित भएर गिरेको मनोबलसहित स्कटल्याण्डको मैदानमा उपस्थित भयो । नामिबियासंगको पहिलो खेल नेपालले जित्न सक्थ्यो । बलरहरुको प्रदर्शन राम्रो थियो तर ब्याटिड. चलेन । नेपालले गुमायो ।नामिबियासंगको दोस्रो खेलमा पनि नेपालको ब्याटिड. चलेन । स्कटल्याण्डसंगको दोस्रो खेलमा ब्याटिड. पनि झूर, बलिड.पनि झूर ।

 

ICC Men’s Cricket World Cup League 2
TEAM M W L PT NRR
OMA 36 21 13 44 0.039
SCOT 24 16 6 34 0.473
UAE 22 12 8 26 0.214
USA 24 11 12 23 -0.050
NAM 18 9 9 18 0.103
NEPAL 20 8 11 17 -0.047
PNG 20 1 19 2 -0.856

 

स्कटल्याण्ड सेरिजको प्रदर्शन हेरेपछि नेपाली क्रिकेट टिममा समन्वयको सख्त अभाव देखिन्छ । टी २० को मैदानमा  अर्धशतक र शतक प्रहार गर्ने कुशल भूर्तेल, रोहित पौडेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरीहरु यो खेलमा मैदानमा टिक्नै सकेनन् ।

अनुशासन पर्वले विथोलेको क्रिकेट

 

अहिले नेपाली क्रिकेटको स्तर गिर्नुको कारण नेपाल क्रिकेट संघले खेलाडीमाथि गत मंसिर २९ गते अनुशासनको डण्डा चलाउदै टिमका कप्तान  कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथि कारबाही गरेको थियो । जसमध्ये कप्तान र उपकप्तानलाई जिम्मेवारीबाटै पदमुक्त गरिएको थियो भने  चारै जनालाई  २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो ।

खेलाडीहरुको वगीकरण र पारिश्रमिककाबारेमा संघसंग गरिएको अनुरोधको सुनुवाई नभएपछि खेलाडीहरु असन्तुष्ट रहेको कुरा विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । पछि पौषको तेस्रो साता क्यानले वर्गीकरण पनि सुधार गर्यो र पारिश्रमिक पनि सुधार गर्यो । खेलाडीहरुको सेन्ट्रल कन्ट्याक्ट पनि गर्ने निर्णय गर्यो । तर कप्तान र उपकप्तान हटाउने निर्णय भने सच्याएन ।

मध्यस्थकर्ताहरुले टी २० मा क्यानले चयन गरेका सन्दीपलाई नै कप्तान कायम राखि एकदिवसीयमा कारबाही फुकुवा भएका ज्ञानेन्द्र र दीपेन्द्रसिंह ऐरीलाई ल्याउन सुझाव दिएका थिए । तर क्यानमा कसको हठले हो यो प्रस्ताव निर्णयमा परिणत हुन दिइएन् ।

आफ्नो न्युनतम पारिश्रमिकको कुरा उठाउदा कारबाही गरिएका र संघमा बोल्न नपाउने र कुनै माग राख्न नपाउने त्रासको वातावरण सिर्जना  भएको बेला टी २० ग्लोबल क्वालिफायरको लागि आह्वान गरिएको बन्द शिविरको प्रशिक्षण नेपाली खेलाडीले बहिष्कार गरेपछि क्यान आफ्नो निर्णय आंशिक सच्याउन बाध्य भयो ।

राष्ट्रिय प्रतिष्ठाको कुरा भएकोले अमिलो मन लिएर खेलाडीहरु बन्द शिबिर फर्के । खेलाडी र पदाधिकारीहरुबीच तथा नयाँ क्याप्टेन र टीमका सदस्यहरुबीच सौहार्दता कायम नभएको अवस्थामा नै नेपाली खेलाडीहरुलाई टी २० क्वालिफायरको लागि ओमान पठाइयो । फेब्रअरी १५ देखि २५सम्म ओमानमा भएको खेलमा नेपालले राम्रो प्रदर्शन गर्न सकेन ।

नेपालमा राष्ट्रिय स्तरका क्रिकेट खेलाडी धेरै छैनन् । देशमा राष्ट्रिय लिग चल्ने समय विदेशमा कुनै क्वालिफायर खेल खेल्नुपर्ने समय तालिका जुध्यो भने अन्तर्राष्ट्रिय खेलमा लैजाने खेलाडी छैनन् । टी २० र एक दिवसीय खेलमा एकै टिमले काम चलाउन परेको छ ।

एक दिवसीय मान्यता जोगाउन पनि खेलको स्तर सुधार्न पर्ने अवस्थामा नेपाल क्रिकेट संघका पदाधिकारी खेलाडीमाथि कारबाही गरेर आफ्नो प्रभुत्व देखाउन खोजिरहेका छन् । उनीहरुको प्रथम कर्तव्य खेलाडीको हक,हित,वृत्ति विकास हो । खेलाडीको नाममा आईसीसीबाट आएको सहयोगमा आफू तर मारेर खेलाडीलाई न्यून पारिश्रमिक दिन खोज्ने र न्यूनतम् माग राख्दा राणाकालमा जसरी कारबाहीको डण्डा चलाउने प्रवृत्ति नै नेपाली क्रिकेटको विकासको बाधक बनको देखिएको छ ।

क्यानले यसमा ध्यान दिएन भने कुनैपनि दिन क्यानका पदाधिकारी बर्खास्त गरेर सरकारले तदर्थ समिति गठन गर्नुपर्ने अवस्था आउछ । क्वालिफायर गेममा पनि पदाधिकारीले भ्रमण गरेको र ब्याटिड. र बलिड कोच खोजेर देशमा प्रशिक्षण दिन नसकेको, टेष्ट राष्ट्रको मान्यताप्राप्त भारत,बंगलादेश,श्रीलंका,पाकिस्तानजस्ता छिमेी देशका राष्ट्रिय र क्षेत्रीय टिमसंग अभ्यास खेल खेल्ने वातावरण सिर्जना गर्न नसकेको जस्ता दर्जनौ आरोपहरु संघमाथि लाग्दै आएका छन् ।

विश्व क्रिकेटको वरियतामा नेपालको खस्कदो स्तर क्रिकेटप्रेमीको लागि चिन्ताको विषय भएको छ ।

Share Now

Leave a comment.