काठमाडौं, ४ श्रावण । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो ।
उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेकाले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम सकिने क्रममा रहेको बोर्डले जनाएको छ ।
प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको जनाएको छ ।
यस बर्षको एसर्ईई परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ४ लाख ८८ हजार ७ सय ४२ परीक्षार्थीले परीक्षा दिएका छन् ।


















