तानसेन(पाल्पा), ८ श्रावण । पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा छजनाको मृत्यु भएको छ ।
आइतबार साँझ ५ बजे तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा छजना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
भएको रिब्दीकोट गाउँपालिका–२, का वडाध्यक्ष ओमप्रसाद पोखरेलले दिनुभएको जानकारी अनुसार गुल्मीको मजुवाबाट पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस रिब्दिकोटको लघुवा भीरबाट तल खसेको हो ।
बस सडकबाट करिब ८० मिटर तल खसेको बताइएको छ ।
अध्यक्ष पोखरेलका अनुसार दुर्घटनामा परेकाहरुको प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य भइरहेको छ ।
बसमा २३ जना सबार रहेको स्थानीय रन्जीव कुँवरले जानकारी दिनुभएको छ ।


















