Prakash Adhikari July 29, 2022

 

काठमाडौं, १३ श्रावण । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगितामा चयन भएका छन्।

६० बलको प्रतियोगितामा सन्दीप जमैका तल्लावाजबाट खेल्न लागेका हुन्। ६ विकेटको यो प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ।

जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग .(सिपिएल)का लागि पनि अनुबन्ध गरेको छ । त्यसअघि यो प्रतियोगिता हुन लागेको कारण सन्दीप पनि टिममा लिन सजिलो भएको हो।

प्रतियोगितामा पुरूषतर्फ ६ टोलीको सहभागिता रहनेछ। जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० लिगका लागि अनुबन्ध गरेको थियो।

सीपीएल हुनुअघि ‘द सिक्स्टी’ प्रतियोगिता हुनेछ। प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सञ्चालन हुनेछ ।

सीपीएल क्रिकेट अगस्ट ३० देखि सुरू हुनेछ। दशौं संस्करणको यो प्रतियोगिता आउँदो सेप्टेम्बर ३० सम्म चल्नेछ।

 

Share Now

Leave a comment.