Prakash Adhikari July 31, 2022

 

काठमाडौं, १५ श्रावण । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सहमहामन्त्रीद्धय बद्री पाण्डे तथा जीवन परियार र लाई कोरोना संक्रमण भएको छ।

कांग्रेस नेता कोइराला पछिल्लो समय कोभिड फैलिने क्रम बढिरहेका बेला मधेश प्रदेश घुमेर आउनुभएको थियो ।

ज्वरो आएपछि शनिबार बिहान जँचाउन उहाँ धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुग्नुभएको थियो।

बिहान ५ बजे अस्पताल लगेर जँचाउँदा कोइरालालाई कोभिड पोजेटिभ देखिएको उहाँका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताउनुभएको छ।

ग्राण्डीमा नै आरटी पीसीआर चेकका क्रममा कोइरालालाई कोभिड संक्रम देखिएको हो।

उहाँलाई अहिले ग्राण्डीको कोभिड आइसोलेसनमै भर्ना गरेर उपचार गरिँदैछ। थपलियाका अनुसार कोइरालाको स्वास्थ्य सामान्य छ।

कोइराला मधेश प्रदेशका बारा र पर्सा विभिन्न गाउँमा कांग्रेस कार्यकर्ता र स्थानीयबासीसँग अन्तरक्रियापछि राजधानी फर्किनुभएको थियो।

कोइराला शनिबार विराटनगरको कार्यक्रममा सहभागी जाने तयारीमा हुनुहुन्थ्यो तर अचानक स्वास्थ्यमा समस्या देखिएपछि जँचाउँदा कोभिड पुष्टि भएको हो।

यसैबीच नेपाली कांग्रेस सहमहामन्त्रीद्धय बद्री पाण्डे तथा जीवन परियार र केन्द्रीय सदस्य उदयसमशेर राणालाई पनि कोरोना संक्रमण भएको छ ।

उहाँहरु पनि आइसोलेशनमा बसेर उपचार गरिरहनुभएको बताइएको छ ।

Share Now

Leave a comment.