Prakash Adhikari July 31, 2022

काठमाडौं, १५ श्रावण । आइतबार बिहान खोटाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले भोजपुर नगरपालिका–१२ टक्सारमा दुई घर र खोटाड.मा एक घर भत्किएको जानकारी प्राप्त भएको छ ।

आइतबार बिहान खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प भएको थियो ।

सो भूकम्पका कारण भोजपुर नगरपालिका–१२ टक्सारमा २ घर क्षतिग्रस्त भएका छन्।

त्यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा कच्ची घर भत्किएको छ।

खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार घर भत्किए पनि मानवीय क्षति भएको छैन।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो।

खोटाङ प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले विपद् व्यवस्थापनका निकायहरु नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस सोसाइटीलगायत सतर्क अवस्थामा रहेको जानकारी दिनुभएको छ।

‘हामी विपद् व्यवस्थापनमा काम गर्ने निकायहरु सबै सतर्क अवस्थामा छौं,’ उहाँले भन्नुभयो।

१२ वैशाख ०७२ मा आएको महाभूकम्पपछि त्यसका पराकम्पन निकै समयसम्म आएको थियो।

त्यतिबेला गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो मात्रामा धनजन क्षति भएको थियो।

यसअघि ३१ भदौ ०७७ मा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलकै भूकम्प गएको थियो

Share Now

Leave a comment.