Prakash Adhikari September 5, 2022

लण्डन(सैयुक्त अधिराज्य), २० भाद्र(बीबीसी) । यूकेमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको छ।

सोमवार दिउँसो ट्रसलाई उक्त पार्टीको नेतामा निर्वाचित भएको घोषणा गरिएको हो। दलको नेता बनेसँगै उहाँ मङ्गलवार प्रधानमन्त्री नियुक्त हुनेछिन्।

कन्जर्भेटिभ पार्टीमा ट्रससँगै पार्टी नेताको प्रतिस्पर्धामा रहनुभएका ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिनुभएको छ ।

नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ। चालीस वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ।

बाल्यकाल देखिको सपना
सात वर्षको उमेरमा विद्यालयमा भएको आमचुनावसम्बन्धी एउटा नाटकमा लिज ट्रसले मार्गरेट थ्याचरको भूमिका निभाउनुभएको थियो।

थ्याचर त्यस बेलाकी प्रभावशाली प्रधानमन्त्री हुनुहुन्थ्यो र उहाँले सन् १९८३ मा व्यापक बहुमत पाउनुभएको थियो।

तर लिज ट्रसले विद्यालयको नाटकमा थ्याचरको भूमिका निभाए पनि त्यसबेला उक्त नाटकमा उहाँले सफलता पाउनुभएन।

धेरै वर्षपछि ट्रसले उक्त घटनाको स्मरण गर्दै भन्नुभएको थियो, “म त्यस बेला मैदानमा उत्रिएँ र चुनावी मञ्चमा मन्तव्य दिएँ तर मैले शून्य भोट पाएँ। म आफैँले पनि आफूलाई भोट हालिनँ।”

उनन्चालीस वर्षपछि सोमवार आइरन लेडी भनेर पनि चिनिने थ्याचरकै पद पछ्याउन उहाँ वास्तविक रूपमै हामफाल्नुभयो र कन्जर्भेटिभ पार्टीको नेता बन्नुभयो।

अब उहाँ मङ्गलवार ब्रिटेनको प्रधानमन्त्री नियुक्त हुनुहुनेछ।

सबै पाँच चरणका निर्वाचनमा टोरी सांसदहरूले विदेशमन्त्री ट्रसलाई पूर्व अर्थमन्त्री ऋषि सुनकभन्दा पछाडि पारिदिएका थिए।

तर पार्टीका सदस्यहरूले ट्रसलाई बढी मत दिए। उहाँले ५७ प्रतिशत मत पाउनुभयो भने सुनकले ४३ प्रतिशत मात्र मत पाए।

उहाँले आफ्नो क्षेत्रमा सम्बन्ध सुमधुर बनाउन वर्षौँ बिताउनुभएको छ ।

ट्रसले प्रधानमन्त्री कार्यकालको सबैभन्दा कठिन घडीमा रहेका बेला बोरिस जोनसनलाई साथ दिनुभको थियो।

तर विभिन्न हिसाबले उहाँ परम्परागत सोचाइकी कन्जर्भेटिभ पार्टी सदस्यजस्ती भने हुनुहुन्न।

मेरी एलिजाबेथ ट्रस सन् १९७५ मा अक्सफर्डमा जन्मिनुभएको हो ।

उहाँले आफ्ना पिता गणितका प्राध्यापक र आमा वाम खेमाकी नर्स भएको बताउनुभएको थियो।

बाल्यकालमा उहाँलाई आमाले परमाणु निःशस्त्रीकरण अभियानका जुलुसहरूमा लिएर जाने गर्नुहुन्थ्यो।

त्यसबेला परमाणु निःशस्त्रीकरण अभियान चलाउनेहरूले पश्चिमी लन्डनस्थित आरएएफ ग्रीनह्याम कमनमा अमेरिकालाई परमाणु वारहेड राख्ने दिने थ्याचर सरकारको निर्णयको जोडदार विरोध गरेका थिए।


लिज ट्रसः सामान्य परिचय
उमेरः ४७

जन्मस्थानः अक्सफर्ड

घरः लन्डन र नोर्फोक

शिक्षाः राउन्डहे स्कूल लीड्स्, अक्सफर्ड विश्वविद्यालय

परिवारः दुईछोरी, अकाउन्टेन्ट ह्युज ओुलेरीसँग विवाह

संसदीय निर्वाचन क्षेत्रः दक्षिण-पश्चिम नोर्फोक


ट्रस चार वर्षकी हुँदा उहाँको परिवार ग्लास्गोको पश्चिमतर्फस्थित पेस्ज्ली सर्‍यो।

बीबीसी रेडियो फोरको प्रोफाइल कार्यक्रममा बोल्दै उहाँका भाइले बताए अनुसार ट्रसको परिवार बोर्ड गेमहरू खेल्ने गर्थ्यो।

त्यस क्रममा ट्रस हार्न नचाहने र हार्ने अवस्था आयो भने खेल छाडेर भाग्ने गर्नुहुन्थ्यो।

त्यसपछि उहाँको परिवार लीड्समा सर्‍यो। उहाँले त्यहाँ एउटा समुदायिक माध्यमिक स्कूलमा पढनुभयो।

विद्यालयमा अध्ययन गर्ने बेलामा आफूले असफल र न्यून अपेक्षाहरू भएका बालबालिकाूलाई देखेको वर्णन गर्नुभएको छ ।

तर त्यहाँ अध्ययन गरेका उहाँका समकालीनहरूले ट्रसले भनेकोभन्दा फरक कुरा बताएका छन्।

त्यसमा गार्डियनका पत्रकार मार्टिन पेङ्गेली समेत हुनुहुन्त।

उहाँले लेख्नुभयो कि, “सायद उनी आफ्नो हुर्काइ बढाइको केही कुरालाई छनोट गरेर मात्र उजागर गरिरहेकी छन् र साधारण राजनीतिक लाभका लागि उनलाई शिक्षादीक्षा दिने शिक्षकहरू तथा विद्यालयलाई अनौपचारिक रूपमा प्रयोग गरिरहेकी छन्।”

विद्यालयपछि ट्रस अक्सफर्ड विश्वविद्यालय जानुभयो। त्यहाँ उहाँले दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र पढ्नुभयो।

ट्रस विद्यार्थी राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो र सुरुमा उहाँ लिबरल डेमोक्र्याट्सका लागि राजनीति गर्नुहुन्थ्यो।

सन् १९९४ को पार्टी सम्मेलनमा उहाँले ब्रिटेनबाट राजतन्त्र अन्त्य गर्नुपर्ने पक्षमा बोल्नुभएको थियो।

लिज ट्रस

लिज ट्रस

उहाँले ब्रिघटनमा भन्नुभएको थियो, “हामी लिबरल डेमोक्र्याट्सहरू सबैले अवसर पाउनुपर्छ भन्नेमा विश्वास गर्छौँ। हामी मानिसहरू शासन गर्नका लागि जन्मन्छन् भन्नेमा विश्वास गर्दैनौँ।”

 

वेस्टमिनस्टरको महत्त्वाकाङ्क्षा

अक्सफर्डमा ट्रस कन्जर्भेटिम्सतर्फ लाग्नुभयो।

स्नातक गरेपछि उहाँले शेल र केबल तथा वायरलेसमा अकाउन्टेन्टका रूपमा काम गर्नुभयो अनि आफ्नै सहकर्मी अकाउन्टेन्ट ह्युग ओुलेरीसँग सन् २००० मा विवाह गर्नुभयो।

उक्त दम्पतीका दुई बालबालिका छन्।

सन् २००१ को आमनिर्वाचनमा उहाँ वेस्ट योर्कसायरको हेम्सवर्थबाट उम्मेदवार बन्नुभयो तर त्यसमा हार्नुभयो।

सन् २००५ मा वेस्ट योर्कसायरकै काल्डर भ्यालीबाट उहाँले पुनः चुनाव हार्नुभयो।

तर उहाँको राजनीतिक महत्त्वाकाङ्क्षा कम भएन र ट्रस सन् २००६ मा दक्षिणपूर्वी लन्डनको ग्रीनविचको काउन्सिलर बन्नुभयो।

सन् २००८ देखि उहाँले एउटा थिङ्कट्याङ्कमा पनि काम गर्नुभयो।

कन्जरभेटिभ नेता डेभिड क्यामरुनले ट्रसको नाम उनको ए लिस्ट मा राख्दै उहाँलाई प्राथमिकतामा रहेकी उम्मेदवार बनाउनुभयो।

त्यसका लागि उहाँलाई जीत सुनिश्चित भएको दक्षिण पश्चिम नोर्फोकमा उठाइयो।

रुसी विदेशमन्त्रीसँग ट्रस

रुसी विदेशमन्त्रीसँग ट्रस

केही वर्षअघि टोरी सांसद मार्क फिल्डसँग उहाँको प्रेमसम्बन्ध रहेको भन्ने खुलासा भएपछि उहाँले संसदीय टोरी एसोसिएसनसँग उक्त छनोटबाट सूचीबाट हटाउने कुरामा लडाइँको सामना गर्नुपर्‍यो।

यद्यपि उहाँलाई उम्मेदवार नबनाउने कोसिस असफल भयो र उहाँले १३ हजारभन्दा बढी मतले उक्त क्षेत्रबाट जित्नुभयो।

उहाँ ब्रिटानिया अनचेन्ड पुस्तककी सहलेखिका पनि हुनुहुन्छ। उक्त पुस्तक सन् २०१० मा उहाँले अन्य चार जना कन्जर्भेटिम सांसदहरूसँग मिलेर लेख्नुभएको हो।

उक्त पुस्तकले यूकेको आर्थिक हैसियतलाई विश्वभरि पुर्‍याउन सरकारी नियमहरूलाई फिर्ता लिनुपर्ने सुझाव दिएको छ त्यसले उहाँलाई टोरी बेन्चमा खुला बजार अर्थतन्त्रको प्रभावशाली पक्षधरका रूपमा उभ्यायो।

बीबीसीको ‘लिडरशिप डिबेट’ मा ट्रसलाई ब्रिटानिका अनचेन्डमा गरिएको एउटा आलोचनालाई लिएर प्रश्न गरिएको थियो।

उहाँको पुस्तकमा ब्रिटिश कामदारहरूलाई ‘विश्वका अल्छीहरूमध्येका’ भनिएको बारे त्यस्तो प्रश्न गरिएको थियो। यद्यपि उहाँले आफूले त्यस्तो नलेखेकोमा जोड दिनुभयो।

सांसद बनेको दुई वर्षपछि नै उहाँ शिक्षामन्त्रीका रूपमा सरकारमा सामेल हुनुभयो र सन् २०१४ मा उहाँलाई वातावरण मन्त्रीका रूपमा बढुवा गरियो।

सन् २०१५ मा भएको भएको कन्जर्भेटिभ सम्मेलनमा ट्रसलाई उहााको एउटा भाषणका लागि खिल्ली उडाइएको थियो।

त्यसमा ट्रसले भावुक स्वरमा भन्नुभएको थियो, “हामी हाम्रो पनिरको दुई तिहाइ भाग आयात गर्छौँ। त्यो एउटा अपमान हो।”

ब्रेक्जिट मामिलामा ट्रस
एक वर्षभन्दा कम समयपछि सबैभन्दा ठूलो राजनीतिक घटना ईयू जनमतसङ्ग्रहको बेला आयो।

त्यस बेला ट्रसले द सन पत्रिकामा लेख्दै ब्रेक्जिटले “ईयूमा बिक्री गर्दा धेरै नियमहरू, धेरै फारमहरू र थप समय लाग्ने भएकाले त्यो तीन खाले दुस्ख निम्त्याउनु हुने” तर्क गर्नुभएको थियो।

यद्यपि उहाँको पक्ष पराजित भएपछि ट्रसले आफ्नो मनस्थिति परिवर्तन गरेर ब्रेक्जिटले ूजसरी कुराहरूले काम गर्छन् त्यसमा हलचल ल्याउनेू भएकाले त्यो एउटा अवसर भएको बताउनुभयो ।

लिज ट्रस

लिज ट्रस

टरिजा मे प्रधानमन्त्री रहेका बेला उहाँ न्यायमन्त्री बन्नुभयो र पछि अर्थमन्त्री ।

सन् २०१९ मा बोरिस जोनसन प्रधानमन्त्री बनेपछि ट्रस अन्तर्राष्ट्रिय व्यापारमन्त्री बन्नुभयो।

सन् २०२१ मा ४६ वर्षको उमेरमा ट्रसले सरकारको अति उच्च पदमध्येमा पर्ने विदेशमन्त्रीका रूपमा पद सम्हाल्नुभयो। डोमेनिक राबपछि उनी विदेशमन्त्री बन्नुभएको थियो।

विदेशमन्त्रीका रूपमा ट्रसले उत्तरी आयरल्यान्डमा प्रोटोकलको उल्झनसम्बन्धी समस्यालाई हल गर्न माग गर्नुभयो।

उक्त कदमलाई लिएर युरोपेली सङ्घले उहाँको व्यापक आलोचना गरेको थियो।

ट्रसले इरानमा गिरफ्तार भएका दुईजना ब्रिटिश इरानी नागरिकको रिहाइ सुनिश्चित गर्नुभएको थियो।

गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि उहाँ त्यसविरुद्ध एकदमै कडा रूपमा प्रस्तुत हुनुभयो।

उहाँले उक्त देशबाट भ्लादिमिर पुटिनका सबै फौजलाई धपाउनुपर्ने बताउनुभएको थियो।

युक्रेनका पक्षमा लड्न त्यहाँ जाने यूकेका नागरिकको समर्थन गर्दा उहाँको आलोचना पनि भएको थियो।

विवाद
पार्टी नेता बन्नका लागि उहाँले गरेको अभियान पनि विवादमुक्त छैन।

जीवनयापन सङ्कटलाई उहाँले कसरी समाधान गर्छिन् भन्ने प्रश्नमा ट्रसले करको भारलाई कम गर्ने बताउँदै आउनुभएको छ।

ट्रस सार्वजनिक क्षेत्रको तलबलाई क्षेत्रीय जीवनयापन लागतमा जोड्ने योजना हटाउन बाध्य हुनुभएको छ।

वरिष्ठ टोरी नेताहरूले त्यसले लन्डन बाहिरका लाखौँ कामदारले कम तलब पाउने भन्दै विरोध गरेपछि उहाँ उक्त कुरा हटाउन बाध्य हुनुभयो।

उहाँले स्कटल्यान्डकी प्रधानमन्त्रीलाई ूप्रचार खोज्ने व्यक्तिू भन्दै उनलाई बरु ूबेवास्ता गर्नुू उचित हुने बताउनुभएको थियो।

यद्यपि सर्वेक्षणहरूले प्रतिस्पर्धी सुनकका तुलनामा उनी पार्टीभित्र धेरै लोकप्रिय रहेको देखाएका थिए।

कतिपयले उनको पोसाकलाई हेरेर थ्याचरको अनुकरण गरेको पनि बताउने गरेका छन्।

ट्रसले उक्त कुरालाई नकार्दै आउनुभएको छ।

Share Now

Leave a comment.