काठमाडौं, २१ भाद्र । आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसीप खेलमा नेपालले शानदार ढंगले भुटानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरेका थिए ।
पहिलो खेलको पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो।
लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेकी सावित्रा भण्डारीेले खेलको १२ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाईन्।
भुटानकी गोलरक्षक संगिता मगर र अमिसा कार्की जुध्दा सावित्राले खाली पोष्टमा गोल गर्न पाएकी थिइन।
साबित्राले राष्ट्रिय टोलीका लागि ३९ गोल गरेकी छन। भुटानविरुद्ध उनले नवौं गोल गरिन। साम्बाले भुटानसंगको खेलमा लगातार चौथो खेलमा गोल गरेकी हुन्।
दोस्रो हापमा पनि पहिलो गोल साबित्रा भण्डारीले नै गरिन । उनले खेलको ६८ औ मिनेटमा दोस्रो गोल गर्दै नेपाललाई २–० को अवस्थामा ल्याईन्।
खेलको ७३ औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याइन्। अनिताले डि बक्स बाहिरबाट गरेको प्रहारले सिधै पोष्टको दिशा लियो। अनिताले नै खेलको ८४ औँ मिनेटमा गोल गर्दै अग्रता फराकिलो पारिन्।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग २७ गते खेल्ने तालिका छ।


















