Prakash Adhikari September 13, 2022

काठमाडौं, २८ भाद्र । काठमाडौं महानगरपालिका वडा नं ४ विशालनगरस्थित पंचकुमारी मन्दिर प्रांगणको धर्मशाला पुनर्निमार्ण सम्पन्न भएको छ ।
कुल रू १ करोड ५ लाख रुपैयामा सम्पन्न भएको सो धर्मशालाको भाद्र २७ गते एक  समारोहबीच समुद्घाटन समेत गरिएको छ ।

धर्मशाला निर्माणको लागि सांसद विकास कोषबाट रू ४४ लाख, वाग्मती प्रदेश सरकारबाट रू३३ लाख र जनसाभागिता रू२८ लाखको सहयोग जुटाइएको थियो ।

पञ्चकुमारी मन्दिर तथा टोल सेवा समितिको आयोजनामा सोमबार भएको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नंं ५का सांसद इश्वर पोखरेलले सो धर्मशालाको उद्घाटन गर्नुभएको थियो ।

समितिका सभापति अम्विका कार्कीको सभापतित्वमा भएको सो कार्यक्रममा विशेष अतिथिकोरूपमा वाग्मती प्रदेश सांसद मा. नारायण सिलवाल, वर्तमान तथा पूर्व वडाध्यक्ष, संस्थापक अध्यक्ष तथा संरक्षक डा. रेवतबहादुर कार्की, सल्लाहकार अनिशराम भट्टराई, र सहसचिव ध्रुव कोईरालाले सभालाई संवोधन गर्नुभएको थियो ।

समुद्घाटन समारोहमा समितिका कोषाध्यक्ष कपिलदेव अधिकारीले यसको पुनर्निर्माण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव मधुबहादुर बस्नेतले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष एवं संरक्षक डा. कार्कीले धर्मशाला पुनर्निर्माणमा सहयोग गर्ने उदारमना दाताहरु सबैप्रति कृतज्ञता प्रकट गर्नुभएको थियो ।

Share Now

Leave a comment.