काठमाडौं, ३ असोज । निर्वाचन आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचन गरिने उम्मेद्वारहरुको सूची बुझाउने चटारो परेको छ ।
आयोगले मंसिर ४ गते हुने प्रधिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि समानुपातिक तर्फका उम्मेदवारहरुको सूची बुझाउने अन्तिम दिन आज राखेकोले सोमबार साँझसम्म निर्वाचन आयोगमा दलहरुको भीड लागेको थियो ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रतिनिधिसभाका लागि ११ र प्रदेशका लागि ४० दलले समानुपातिकतर्फको बन्दसूची दर्ता गरिसकेका छन भने ठूूला राजनीतिक दलहरुले रातिसम्म बन्दसूची दर्ता गरिरहेका छन् ।
आयोगले दिएको पछिल्लो जानकारी अनुसार प्रतिनिधिसभाको बन्दसूची दर्ता गराइसकेका दलहरुमा नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्कि पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाम मोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, मितेरी पार्टी, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समावेशी पार्टी लगायत छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी)। जनता सामाजवादी पार्टी लगायतका पार्टीहरुले तयार पारेर लगेको सूचीमा आयोगका कर्मचारीहरुले रुजु गर्ने कार्य भैरहेको छ ।


















