काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सत्ता गठबन्धनमा सम्मिलित दलका विद्यार्थी संगठनहरु संयुक्त रुपमा सडकमा उत्रिएका छन्।
संसदको दुवै सदनबाट दुईपटक पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले हिजो मध्यरातको अन्तिम समय गुजारेर संविधानको ठाडो उल्लंघन गर्नुभएको थियो ।
अखिल क्रान्तिकारीले बिहीबार काठमाडौंको आरआर क्षेत्रमा राष्ट्रपतिको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले एमालेको राष्ट्रपति बिग्रेछ मति , नागरिकता बिधेयक एमालेले पेश गरे बिर्ता हुने, अरूले पेश गरे फिर्ता हुनेु जस्ता नारासहित प्रदर्शन गरेका थिए।


















