Prakash Adhikari December 10, 2022

 

सानेपा(ललितपुर), २४ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठक अपरान्ह १ बजेका लागि तय भएको थियो । तर, प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यक्रम जुधेकाले बैठक बिहान ९ बजेका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

बैठकले समानुपातिक सांसद चयन गर्ने बताइएको छ । कांग्रेसलाई निर्वाचन आयोगले २९ जना महिला र तीनजना पुरुष सांसद पठाउन सूचित गरेको छ ।

यस्तै, प्रदेश सांसदबारे पनि सोही बैठकले निर्णय गर्ने भएको छ। कांग्रेसले प्रदेशमा १ सय ११ सिट पाएको छ ।

हेर्नुहोस् नेपाली कांग्रेसको समानुपातिक सूची-

 

 

Share Now

Leave a comment.